सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा एकै गाउँका ३० वटा घर पुरिएको छ । आज बिहान ६ बजेतिर स्थानीय लिदी गाउँ माथिको डाँडैसमेत खसेको पहिरोमा परी वडा नम्बर २ का ३० घर पुरेको हो । पहिरोमा परी अहिलेसम्म ३६ जना वेपत्ता भएको बताएको छ ।

तस्वीर : पत्रकार विष्णु क्षेत्रीको फेसबुकबाट साभार ।

घर वास्तविक विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थलमामा सुख्खा पहिरो खसिरहेको कारण उद्दारमा कठिनाई भै रहेको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी, स्थानीय वासिन्दालगायतको टोलीले राहत तथा उद्दारका लागि कोशिष जारी राखेको छ । अहिलेसम्म कतिजना हराएका हुन् भन्ने वास्तविक तथ्यांक खुल्न सकेको छैन । घटनास्थलमा काठमाडौंबाट सभामुख नेतृत्वको टोली पनि हेलिकोप्टरमा आइपुगेका छन् ।

पहिरोमा पुरिएर घाइते भएकाहरुमध्ये ५ जनालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल र काठमाडौं पठाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

Top