सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता

Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार


१४ अगस्ट, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा एकै गाउँका ३० वटा घर पुरिएको छ । आज बिहान ६ बजेतिर स्थानीय लिदी गाउँ माथिको डाँडैसमेत खसेको पहिरोमा परी वडा नम्बर २ का ३० घर पुरेको हो । पहिरोमा परी अहिलेसम्म ३६ जना वेपत्ता भएको बताएको छ ।

तस्वीर : पत्रकार विष्णु क्षेत्रीको फेसबुकबाट साभार ।

घर वास्तविक विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थलमामा सुख्खा पहिरो खसिरहेको कारण उद्दारमा कठिनाई भै रहेको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी, स्थानीय वासिन्दालगायतको टोलीले राहत तथा उद्दारका लागि कोशिष जारी राखेको छ । अहिलेसम्म कतिजना हराएका हुन् भन्ने वास्तविक तथ्यांक खुल्न सकेको छैन । घटनास्थलमा काठमाडौंबाट सभामुख नेतृत्वको टोली पनि हेलिकोप्टरमा आइपुगेका छन् ।

पहिरोमा पुरिएर घाइते भएकाहरुमध्ये ५ जनालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल र काठमाडौं पठाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’ मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २...

भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने

२०७७ फाल्गुन २२ गते शनिबार

०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

Luxembourg: Misconceptions on Social Media & realities !!! Luxembourg: Misconceptions on Social Media & realities !!!

२०८२ श्रावण ३ गते शनिबार

Pratik Lamichhane Many of you may have heard of...

Top