विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

Best Khabar Team | २०७७ श्रावण २६ गते सोमबार


१० अगस्ट, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरुलाई विद्यार्थी भर्ना अभियान सञ्चालन नगर्न निर्देशन दिएको छ । पछिल्लो केहीसाता यता काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कम्तीमा आगामी भदौ १५ सम्मका लागि विद्यालयहरु नखोल्न तथा विद्यार्थी भर्ना अभियानसमेत सञ्चालन नगर्न सरकारले निजी तथा सार्वजनिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यसअघि भदौ १ गतेदेखि विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न भनेको हो । अहिले कोरोनाको जोखिम थप बढेका कारण विद्यालयहरुलाई यस्ता गतिविधि नगर्न निर्देशन दिएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

भर्ना अभियान शुरु गरिँदा अभिभावकले रकम समेत तिरिसक्ने भएकाले तत्काल कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहन्छ । त्यसैले अहिले तत्काल भर्ना शुरु गरिँदा विद्यालयहरुमा र भिडभाड बढ्ने हुँदा जोखिमसमेत बढ्ने हुनाले यसलाई थप १५ दिनका लागि बन्द गरिएको ती मन्त्रीको भनाई छ ।

सरकारले यो सँगै एक जिल्लाबाट अर्को जिल्लामा सञ्चालन हुने लामो दुरीका सवारी साधनहरु आगामी भदौ १५ गतेसम्म सञ्चालन नगर्न पनि सम्बन्धित सवारी धनी तथा यातयात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ ! हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल  महोत्सव आयोजना हुँदै काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...

Top