१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख

Best Khabar Team | २०७६ मंशिर १९ गते बिहिबार


०५ डिसेम्बर, २०१९
काठमाडौं । विगत १० दिनदेखि राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि आज सरकारी निवास फर्कनुभएको छ । पछिल्लो समयमा एपेन्डिसाइटिसको अप्रेशन पछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल हाताभित्रै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारात हुनुहुन्थ्यो ।

फाइल तस्वीर : प्रधानमन्त्री ओली

उहाँलाई अस्पतालले सधन कक्षमा राखेर उपचार गरेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि उहाँ आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । अस्पतालले निकालेको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको छ । यद्यपि उहाँलाई अझै केहीदिन घरमै बसेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

मृगौल रोगबाटसमेत पीडित रहनुभएका प्रधानमन्त्रीको मिर्गौलाको डायलसिस समेत गरिएको अस्पताल स्रोतले जानकारी दिएको भएपनि अस्पतालले औपचारिक रुपमा यसको कुनै जानकारी दिएको छैन । गत मंगलबाट प्रधानमन्त्रीको एपेन्डाइटिक्सको अप्रेशन भएको र संक्रमण हुने जोखिम रहेको भन्दै उहाँलाई अस्पतालले सघन कक्षमा राखेर उपचार गरेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको बारेमा अस्पतालले जारी गरेको विज्ञप्ति


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम फोटोमा अमेरिकी राजदूत बेरीको नेपाल प्रेम

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । सरकारले भव्य कार्यक्रम गरी...

New Zealand Natural Disaster : 5 Dead and many mising New Zealand Natural Disaster : 5 Dead and many mising

२०७६ मंशिर २३ गते सोमबार

09, Dec, 2019 New Zealand, At least five people...

पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका...

यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा :  जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ

२०७६ मंशिर २३ गते सोमबार

वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो...

Top