समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०५ अगस्ट, २०२०
इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको आशंकासहित सुनसरी जिल्लामा अवस्थित पूर्वी नेपालकै चर्चित मानिएको धरानमा आजदेखि कम्तीमा १ साताका लाग फेरि लकडाउन घोषणा गरिएको छ । विगत केहीदिनयता भेटिएका कोरोना संक्रमितको अवस्था हेर्दा र उनीहरुको ‘हिस्ट्री’ले कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमामा (समुदायस्तरमै ) सरेको अनुमान गर्दै फेरि लकडाउन घोषणाा गरिएको हो ।

लकडाउनको घोषण गर्नुअघि धरान उपमहानगरपालिकाले सरोकारवालाहरुसँग पुनः लकडाउन गर्ने नगर्ने विषयमा विषयमा छलफल गरेको थियो । तर छलफलमा सहभागी सरोकारवालाहरुले समुदायमा कोरोना फैलिएको आशंका गर्दै कम्तीमा १ साताका लागि फेरि लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए । सो सुझावलाई मध्यनजर गर्दै उप महानगरपालिकाले आज राति १२ बजेदेखि लागूहुने गरी लकडाउनको घोषणा गरेको हो ।

लकडाउनका बेला अत्यावश्यकीय सेवामा रहेका व्यक्ति तथा सवारी साधन बाहेक अन्य सञ्चालन गर्न नपाइने उपमहानगरपालिकाले जनाएको छ । लकडाउन घोषणा गरेसँगै परीक्षणको दायरा बढाउने तयारी पनि भै रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित) तथ्यांकमा हेर्नुहोस्, कोरोनाबाट अति प्रभावित विश्वका ७ मुलुक (सूचीसहित)

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । गत २०१९...

मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’

२०७७ बैशाख ५ गते शुक्रबार

रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...

विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित) विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता आत्मनिर्भरताको सरकारी भाषा र वास्तविकता

२०७६ पुष १५ गते मंगलबार

– आनन्द शर्मा नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि देशभित्र...

Top