युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

Best Khabar Team | २०७६ मंशिर १९ गते बिहिबार


०५ डिसेम्बर, २०१९
ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालका भूमि मिचेको भेटिएपछि त्यसको विरोधमा अहिले काठमाडौंलगायत विश्वका विभिन्न स्थानमा बस्ने नेपालीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । नेपालीहरुले भारतीय पक्षलाई तत्काल यो नक्सा सच्चाएर विगतको सन्धी सम्झौता अनुसार नेपाली भूमि फिर्ता गर्न माग गर्दै दबाब स्वरुप विभिन्न देशस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

यही क्रममा युरोपेली मुलुकका झण्डै आधा दर्जन देशमा रहेका नेपालीहरुले त्यहाँस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउँदै तत्काल नेपाली भूमि फिर्ता गराउन माग गरेका छन् । उनीहरुले नयाँ नक्सामा नेपाली भूमि समावेश भएकोले तत्काल यसलाई खारेज गर्न चेतावनी दिएका छन् । हालैमात्र नेपालीहरुले स्वीडेन, नर्वे, डेनमार्क, पोर्चुगललगायतका देशमा रहेका भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गर्दै खवरदारी गरेका हुन् । यी देशस्थित विभिन्न राजनीतिक दल सम्बद्ध संघ संगठन तथा गैरआवासीय नेपाली संघलगायतको सहभागितामा विरोध प्रदर्शन भएको हो । यो साता मात्रै स्वीडेन, नर्वे, डेनमार्क, पोर्चुगललायतका देशस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन भएका छन् ।

स्वीडेनको स्टकहोममा गरिएको विरोध प्रदर्शनमा सहभागी नेपालीहरु । तस्वीर सौजन्य : एनआरएनए स्वीडेन

विशेषत हालै भारतले जारी गरेको नयाँ राजनैतिक नक्सामा भारतीयनेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समावेश गरेपछि त्यसको विरोधमा दुतावास घेराउका कार्यक्रम भै रहेका हुन् । विदेशमा रहेका नेपालीहरुले नेपाली भूमिमाथिको अतिक्रमण कुनै हालतमा स्वीकार्न नसकिने भन्दै तत्काल यसतर्फ दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् ।

यद्यपि कतिपय देशस्थित भारतीय दुतावासले ध्यानाकर्षण पत्र बुझ्न अस्वीकार गरेपछि त्यहाँस्थित नेपाली संघ संस्थाले इमेल र फ्याक्समार्फत् पत्र पठाएका छन् । पोर्चुगलको राजधानी लिस्वोनस्थित भारतीय दुतावास अगाडि पनि त्यहाँस्थित नेपालीहरुले विरोध स्वरुप झण्डै आधा घण्टा प्रदर्शन गरेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन ५ गते बुधबार

१७ फेब्रुअरी, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन...

लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...

सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति ! भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

२०८२ बैशाख २७ गते शनिबार

१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...

Top