Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०
काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात समूहले गराएको कार बम विस्फोटमा परी १७ जना सर्वसाधारणको मृत्यु भएको छ । लोगार प्रान्तका गर्भनरको कार्यालय नजिकैकै एउटा व्यस्त बजारमा भएको सो आत्मघाती आक्रमणमा सडक छेउछाउका पसलमा किनमेल गरिरहेका १७ जना सर्वसाधारणको ज्यान गएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आत्मघाती सो विस्फोटमा आक्रमण गराउनको पनि ज्यान गएको छ । विस्फोटक पदार्थले भरिएको एउटा कारलाई आक्रमणकारीले भीडमा लगेर ठोक्काएका थिए । त्यसलगत्तै ठूलो आवाजमा सो कार विस्फोट भएको बताइएको छ । घटनामा परि केही सर्वसाधारण घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भै रहेको बताइएको छ । मुश्लिम समुदायको ठूलो पर्व ईदलाई मध्यनजर गर्दै आम नागरिक किनमेलका लागि बजारमा निक्किएको मौका छोपेर सो हमला भएको बताइएको छ ।
घटनामा तालिबानी समूहको हात रहेको आशंका गरिएपनि अहिलेसम्म त्यसको पुष्टि हुन सकेको छैन । इदलाई मध्यनजर गर्दै आतंककारी समूह तालिवानीले ३ दिने युद्धविरामको घोषण गरेको केही घण्टामै यो विस्फोट भएको हो । अफगानिस्तान सरकारले घटनालाई कायरताको संख्या दिएको छ भने अन्र्तराष्ट्रिय समूदायले पनि घटनाको निन्दा गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...
धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...
Top