उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार


३१ जुलाई, २०२०
काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत वीरगञ्जकी एक महिलाको उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित ती महिलाको पाटन अस्पतालको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो ।

वीरगञ्जबाट उपत्यका ल्याएलगत्तै उनलाई ललितपुरकै अर्को एक निजी अस्पतालमा राखेर उपचार गरिएको भएपनि अबस्था गम्भीर भएपनि पाटन अस्पतालमा उपचारका लागि साउन ६ गते भर्ना गरिएको थियो । शुरुमा सामान्य भएपछि पछिल्ला दिनमा उनमा स्वाव प्रस्वासमा समस्या देखिएको थियो ६५ वर्षकी ती महिला उच्च रक्तचापको विरामी समेत रहेकी थिइन् । उनको सम्पर्कमा रहेका अन्य परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएपनि उनीहरुलाई अहिले चिकित्सकको निगरानीमा आइसोलेसनमा राखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ । यसअघि ५३ जना संक्रमितको ज्यान गएकोमा गएराति वीरगञ्जमा २ जनाको उपचारका क्रममा निधन भएको थियो।

यसैबीच काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी मुख्यालयको सञ्चार र सवारी शाखामा कार्यरत प्रहरी मध्ये २८ जना थप प्रहरीमा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई अहिले प्रहरी अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाइएको छ । यसअघि मुख्यालयको सोही विभागमा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भै सकेको छ । उनीहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्राक्ट ट्रेसिङ्ग’ गर्ने क्रममा थप २८ जनामा संक्रमण भेटिएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

Top