Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०
खलंगा, जाजरकोट । वर्षातको पानीका कारण जंगलमा उम्रिएको बिषाक्त च्याउ घरमा ल्याएर तरकारी बनाएर खाँदा जाजरकोटमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खलंगाले दिएको जानकारी अनुसार जंगली च्याउ खाएर गम्भीर विरामी परेका जिल्लाको कुशे गाउँपालिकाको एकै घरका ४ जना मध्ये एकजनाको गएको सोमबार र बाँकी तीन जनाको आज ज्यान गएको हो ।

मृतक सबै बालिकाहरु रहेका छन् । स्याँक्रीका स्थानीय टेकबहादुर चलाउनेकी ३ छोरी तथा नातिनीको जंगलबाट ल्याएको विशाक्त च्याउ खाँदा ज्यान गएको हो । गएको साउन ९ गते उनीहरुले जंगलमा गाईबस्तु चराउन जाँदा भेटिएको च्याउ घरमा ल्याएर तरकारी बनाएर खाएका थिए । सो च्याउ खाएलगत्तै टेबहादुरसहित उनका परिवारका ८ जना गम्भीर विरामी परेका थिए । उनीहरुलाई हेलिकोप्टरमा राखेर सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पु-याइएको थियो । तर उनकी कान्छी छोरीको उपचारका क्रममा गएको सोमबार नै र नातिनीसहित गम्भीर अवस्थामा रहेकी दुई छोरीको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
सो घटनामा गम्भीर घाइते भएका १ जनाको उपचार चलिरहेको र टेकहादुरसहित ३ जनाको अवस्था सामान्य बनेको बताइएको छ । नेपालका पहाडी जिल्लाहरुमा हरेक वर्ष वर्षात्का बेला जंगलमा उम्रने विषाक्त च्याउ खाँदा दर्जनौंले ज्यान गुमाउँदै आएपनि यस्ता घटना दोहोरिन नदिने तर्फ कसैको ध्यान गएको पाईँदैन । गरिबी र अज्ञानता यसको प्रमुख कारण भएको विज्ञहरुको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु
२०७६ चैत्र २३ गते आइतबार
०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...
नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट...
आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...
पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर
२०७६ जेठ २० गते सोमबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...
Top