Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०
काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय अन्र्तगतको सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा २ दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । मुख्यालयमै गरिएको परीक्षणका क्रममा पोजेजिभ रिपोर्ट आएपछि यसको थप पुष्टिका लागि स्वाब टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा त्यहाँबाट पनि पोजेटिभ रिपोर्ट आएको छ ।

उनीहरुको सम्पर्कमा रहेका अन्य केहीको पनि स्वाब परीक्षण भै रहेको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । अहिले सवारी शाखाका ३ जनामा मात्रै कोरोना पुष्टि भएपनि उनीहरुको सम्पर्कमा रहेका अन्य शाखाका केही प्रहरी अधिकारीहरुमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण संक्रमितको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
संक्रमितहरुलाई अहिले प्रहरी अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाइएको छ भने उनीहरु कार्यरत शाखा र उनीहरुको सम्पर्कमा आएका अन्यलाई पनि प्रहरीले तयार पारेको क्वारेन्टाइनमा राख्ने तयारी भै रहेको छ । यो विषयमा स्वास्थ्य मन्त्रालयले यो समाचार तयार पार्दासम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विभिन्न आयोगले पायो पूर्णता , प्रमुखहरुले लिए आजै शपथ
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१७ काठमाडौं । विभिन्न आयोगहरुमा रिक्त रहेका...
नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न...
Top