नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

Best Khabar Team | २०७७ श्रावण ११ गते आइतबार


२६ जुलाई, २०२०
काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय अन्र्तगतको सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा २ दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । मुख्यालयमै गरिएको परीक्षणका क्रममा पोजेजिभ रिपोर्ट आएपछि यसको थप पुष्टिका लागि स्वाब टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा त्यहाँबाट पनि पोजेटिभ रिपोर्ट आएको छ ।

प्रहरी मुख्यालय । तस्वीर : नेपाल प्रहरी

उनीहरुको सम्पर्कमा रहेका अन्य केहीको पनि स्वाब परीक्षण भै रहेको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । अहिले सवारी शाखाका ३ जनामा मात्रै कोरोना पुष्टि भएपनि उनीहरुको सम्पर्कमा रहेका अन्य शाखाका केही प्रहरी अधिकारीहरुमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण संक्रमितको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

संक्रमितहरुलाई अहिले प्रहरी अस्पतालको आइसोलेसनमा राखेर उपचार अघि बढाइएको छ भने उनीहरु कार्यरत शाखा र उनीहरुको सम्पर्कमा आएका अन्यलाई पनि प्रहरीले तयार पारेको क्वारेन्टाइनमा राख्ने तयारी भै रहेको छ । यो विषयमा स्वास्थ्य मन्त्रालयले यो समाचार तयार पार्दासम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा एकैदिन २३९ जनामा संक्रमण :  २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट) नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत १० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...

Top