Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात व्यवासयीहरु देशव्यापी रुपमा सार्वजनिक यातयात सञ्चालन गर्न सहमत देखिएका छन् । यातयात व्यवसाय सञ्चालन गर्ने विभिन्न यातयात क्षेत्रमा सक्रिय विभिन्न व्यवसायीहरु सम्बद्ध संघ संगठनको आज बसेको संयुक्त बैठकले आगामी साउन ८ गते अर्थात् बिहीबार देखि देशभर सरकारले तोकेको मापदण्ड पुरा गरी यातयात सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि करिब एक साताअघि सरकारले यातयात व्यवसायीलाई तत्काल जिल्ला भित्र यातयात सञ्चालनका लागि निर्देशन दिएको भएपनि व्यवसायीहरु विभिन्न माग राख्दै तत्काल यातयात सञ्चालन गर्न नसकिने अडानमा थिए । तर सरकारले व्यवसायीको समस्या समाधानका लागि छुट्टै कार्यदल गठन गरी छलफल गर्ने आश्वासन दिएपछि व्यवसायीहरु सार्वजनिक यातयात सञ्चालनका लागि राजी भएका हुन् ।
यसअघि सरकारको निर्णय लगत्तै काठमाडौं उपत्यकालगायत देशका केही जिल्लामा साझा, मयुरलगायतका केही सार्वजनिक गाडीहरुहरुले सेवा निरन्तर गरेका थिए । तर नेपाल राष्ट्रिय यातयात व्यवसायी महासंघलगायतका केही व्यवसायीहरुले लकडाउनका कारण सार्वजनिक गाडी चलाउन नपाउँदा सवारी साधनको मासिक किस्ता र व्याज तिर्न नसकेको भन्दै तत्काल यातयात सञ्चालन गर्न नसकिने बताउँदै आएका थिए ।
उनीहरुले राहतका लागि सरकारसँग विभिन्न माग राखेका थिए । तर सरकारले व्यवसाीको मागलाई सम्बोधनका लागि पहल गर्ने भन्दै सेवा सूचारु गराउन पुनः आग्रह गरेपछि आगामी बिहीबारदेखि यातयात सेवा सञ्चालन गर्न व्यवसायी सहमत देखिएका हुन् । आगामी साउन ८ गतेपछिको अवस्थाका बारेमा सरकारले केही जानकारी नगराएको भन्दै व्यवासायीहरुले अहिले सम्बन्धित जिल्ला भित्र मात्रै र काठमाडौंको हकमा भने तिन जिल्ला भित्र मात्रै गाडी सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...
९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै
२०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
Top