Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको (साविकको आगिञ्चोक गाविस) गोलाङ्गमा माथिबाट आएको पहिरोले स्थानीय मिलन खाँडको घर बगाएको हो ।

घर बगाउँदा खाँडसहित उनकी श्रीमती सम्झना खाँड र उनीहरुका १ छोरीको ज्यान गएको प्रहरीको भनाई छ । गएराति भीषण वर्षात्सँगै आएको पहिरोपछि खाँडको घर बगाएको र सोही क्रममा उनीहरुको ज्यान गएको बताइएको छ ।
आज बिहान स्थानीय वासिन्दा र सल्यानटारबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुरिएका उनीहरुको शव निकालको स्थानीय वासिन्दा राजन बुर्लाकोटीले जानकारी दिए । पहिरोका कारण गोलाङ्गको काफलपानी क्षेत्रका आधादर्जन बढी बस्तीहरु समेत जोखिममा परेको बुर्लाकोटीले बताएका छन् ।
वर्षात्का कारण धादिङ्गको उत्तरी क्षेत्रका दजनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा जिल्ला सदरमुकामसँग जोड्ने सडक सञ्जालसमेत पूर्णरुपमा अवरुद्ध भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...
नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...
Top