Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको (साविकको आगिञ्चोक गाविस) गोलाङ्गमा माथिबाट आएको पहिरोले स्थानीय मिलन खाँडको घर बगाएको हो ।

घर बगाउँदा खाँडसहित उनकी श्रीमती सम्झना खाँड र उनीहरुका १ छोरीको ज्यान गएको प्रहरीको भनाई छ । गएराति भीषण वर्षात्सँगै आएको पहिरोपछि खाँडको घर बगाएको र सोही क्रममा उनीहरुको ज्यान गएको बताइएको छ ।
आज बिहान स्थानीय वासिन्दा र सल्यानटारबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुरिएका उनीहरुको शव निकालको स्थानीय वासिन्दा राजन बुर्लाकोटीले जानकारी दिए । पहिरोका कारण गोलाङ्गको काफलपानी क्षेत्रका आधादर्जन बढी बस्तीहरु समेत जोखिममा परेको बुर्लाकोटीले बताएका छन् ।
वर्षात्का कारण धादिङ्गको उत्तरी क्षेत्रका दजनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा जिल्ला सदरमुकामसँग जोड्ने सडक सञ्जालसमेत पूर्णरुपमा अवरुद्ध भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...
अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु
२०७६ चैत्र २३ गते आइतबार
०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...
नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
Top