Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टायता काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको टेकुमा रहेको केन्द्रीय प्रयोगशाला तथा पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित तीनै जनाको अवस्था सामान्य रहेको र उनीहरु अहिले चिकित्सकको निगरानीमा रहेको बताइएको छ । यसैबीच मन्त्रालयले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना भाइरस फैलिएको कुनै प्रमाण नरहेको भन्दै आतंकिन नहुन सबैलाई अनुरोध गरेको छ ।
संक्रमित मध्ये दुईजना विदेशबाट आएको र एकजना भने व्यवसाय गर्दै आएका व्यक्ति रहेका छन् । काठमाडौंको व्यस्त स्थानबाट गरिएको स्वाब परीक्षणका क्रममा ४ हजार ८ सय जना मध्ये ३ जना मात्रै संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज पत्रकारसम्मेलनमा अहिलेसम्म उपत्यकामा कोरोना समुदायस्तरमा फैलिइ नसकेको बताए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते
२०७६ असार २ गते सोमबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी...
अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर
२०७६ मंशिर २३ गते सोमबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...
Top