झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


तस्वीर : पुननिर्माण प्राधिकरण

२९ डिसेम्बर, २०१९
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३ गते बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् ।

त्यसैगरी, बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो ।

त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुनःजाँच सर्भेक्षण अन्तर्गत संकलित कुल १ लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिनुभयो । “बाँकी गुनासोको प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पौष मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं ।”

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत् अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाहरुले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्तालिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

प्राधिकरणका अनुसार हालसम्म निर्णय गरिएका गुनासोको संख्या १ लाख १३ हजार ४३ रहेको छ । यस्तै, १२ हजार ५ सय ४८ जनाले पुननिर्माणबाट लाभ पाईसकेका छन् । ५ हजार ६ सय ८५ घरधुरीले प्रवलीकरणमार्फत्को लाभ प्राप्त गरेका छन् भनै ८८ हजार ७७ घरधुरी गैरलाभग्राहीको सूचीमा सूचीकृत छ । प्राधिकरणले ६ हजार ७ सय ३३ घरधुरीलाई यसअघि नै लाभग्राही वा गैह्रलाभग्राहीको सूचीमा राखेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा

२०७७ श्रावण २१ गते बुधबार

०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको...

दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

Top