लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो

Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार


१७ जुलाई, २०२०
काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पोखरामा गरिएको परीक्षणमा लमजुङ्गका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको मर्साङ्दी गाउँपालिकामा ८ जना, दोर्दीमा ४ जना, राइनासमा ६ जना, दूधपोखरीमा एकजना, बेसीशहरमा १ जना र क्लोलासोथाका २ जना रहेका छन् । उनीहरु सबैलाई जिल्ला अस्पताल बेसीशहरमा रहेको आइसोलेसनमा राखेर उपचार भै रहेको छ । जसमा एकजना नवजात शिशुसमेत रहेको बताइएको छ । यस्तै देशका अन्य जिल्लामा पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै देशभर कोरोना संक्रमितको १७ हजार ४ सय ४५ पुगेको छ भने ११ हजार ५ सय ३४ जना भाइरस मुक्त भएर घर फर्केका छन् । यसैबीच धरानमा उपचारका क्रममा एक ७३ वर्षका बृद्दको ज्यान गएको छ । राजविराज स्थायी घर भएका उनी विगत केही सातादेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

Top