Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०
काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पोखरामा गरिएको परीक्षणमा लमजुङ्गका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको मर्साङ्दी गाउँपालिकामा ८ जना, दोर्दीमा ४ जना, राइनासमा ६ जना, दूधपोखरीमा एकजना, बेसीशहरमा १ जना र क्लोलासोथाका २ जना रहेका छन् । उनीहरु सबैलाई जिल्ला अस्पताल बेसीशहरमा रहेको आइसोलेसनमा राखेर उपचार भै रहेको छ । जसमा एकजना नवजात शिशुसमेत रहेको बताइएको छ । यस्तै देशका अन्य जिल्लामा पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यो सँगै देशभर कोरोना संक्रमितको १७ हजार ४ सय ४५ पुगेको छ भने ११ हजार ५ सय ३४ जना भाइरस मुक्त भएर घर फर्केका छन् । यसैबीच धरानमा उपचारका क्रममा एक ७३ वर्षका बृद्दको ज्यान गएको छ । राजविराज स्थायी घर भएका उनी विगत केही सातादेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा देशभर १५० कोरोना संक्रमित थपिए
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...
राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव
२०७६ मंशिर २३ गते सोमबार
१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...
अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते
२०७६ माघ २१ गते मंगलबार
सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...
Top