Best Khabar Team | २०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०
बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको पहिरोमा परी वेपत्ता भएका बारेकोटका ५ जना स्थानीयको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । हिजो दिनभर र आज पनि बिहानैदेखि उनीहरुको खोजी गरिएको भएपनि भएपनि अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । पहिरोमा वेपत्ता भएकामध्ये सार्की टोलका ७ जनाको शव भेटिएपनि ५ जनाको भने अहिलेसम्म अवस्था थाहा हुन सकेको छैन ।

बिहीबार राति परेको अविरल वर्षात्पछि आएको पहिरोमा परी स्थानीय सार्की टोलका २ घर बगाएको थियो । वेपत्ताको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली करिब ४८ घण्टादेखि नै खटिईरहेको छ । तर पनि उनीहरुको अवस्था सार्वजनिक हुन सकेको छैन ।
सो स्थानमा अहिले पनि निरन्तर रुपमा पानी परिरहेको कारण पहिरोकोका कारण विस्थापित बनेका तथा वेपत्ता बनेकाहरुको उद्दार तथा खोजी कार्यमा कठिनाई भएको उद्दारमा खटिएका प्रहरीको भनाई छ । जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ४ का स्थानीयको ३२ वटा घर तथा केही गोठहरु पहिरोले बगाएको थियो ।
साथै सो क्षेत्र आपसापसका दर्जनौं घरहरु अहिले पहिरोका जोखिममा रहेकोले उनीहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्नका लागि प्रयास भै रहेको छ । गाउँपालिकाका अनुसार ती क्षेत्रका करिब ५ दर्जन घरहरु जोखिममा परेको र तत्काल उद्दार गर्नुपर्ने अवस्था रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...
स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...
Top