तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार


१० जुलाई, २०२०
काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई जिल्लाभित्र सार्वजनिक गाडी सञ्चालन गर्न अनुमति दिएपनि यातयात व्यवसायीहरुले भने यथास्थितिमा सवारी साधन सञ्चालन गर्न नसकिने बताएका छन् । विगतमा सवारी साधन खरिद गर्दा बैंकबाट लिएको ऋण रकमको व्याज र किस्ता तिर्न नसकेको अहिलेको अवस्थामा आफूहरुको यो समस्या सम्बोधन नभएकोले तत्काल गाडी चलाउन नसक्ने व्यवसायीले बताएका हुन् ।

लकडाउनका कारण विगत ४ महिनादेखि गाडीहरु सञ्चालन नहुँदा पैसा कमाउन नसकिएको र बैंकको ब्याज र किस्ता समेत तिर्न नसकिएको व्यवसायीको भनाई छ । सरकारले वार्तामार्फत् आफूहरुको मागलाई सम्बोधन गरेमात्रै तत्काल गाडीलाई मर्मत सम्हार गरेर गाडी चलाउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । अहिले थन्किएका गाडीहरुलाई सञ्चालन गर्नका लागि कम्तीमा ५० हजार देखि ३ लाख सम्म ‘सर्भिसिङ्ग चार्ज’ लाग्ने व्यवसायीको दाबी छ । तर सरकारले व्यवसायीको मर्कालाई नबुझी केबल गाडीमात्रै चलाउन अनुमति दिएकोले अहिलेको अवस्थामा सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने उनीहरुले बताएका छन् ।

व्यवासयीहरुको आजको बैठकले सरकारले हिजो जिल्ला भित्रमात्रै सार्वजनिक गाडी चलाउन दिने सरकारको निर्णय स्वागतयोग्य भन्दै तत्काल आफूहरुको मागलाई समेत सम्बोधन हुने गरी निर्णय गर्न अनुरोध गरेको छ । व्यवसायीहरुलाई सहुलतपूर्ण कर्जा र बैंकबाट दिइने व्याजमा केही प्रतिशत छुट गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

यस्तै महामारीको बेला गाडी चलाउँदा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै चालक तथा सहचालकका लागि उचित स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

२०८२ भाद्र २८ गते शनिबार

नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...

युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित

२०७७ कार्तिक २१ गते शुक्रबार

पि.एल. तरंग०६ नोभेम्बर, २०२०लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम...

धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...

नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा

२०७६ जेठ १९ गते आइतबार

०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...

Top