चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

Best Khabar Team | २०७७ असार २२ गते सोमबार


०६ जुलाई, २०२०
धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै विगत ६ महिनादेखि बन्द रहेको नेपाल चीन सीमावर्ती क्षेत्र रसुवाको रसुवागढी नाका आजबाट सञ्चालनमा आएको छ । कोरोना संक्रमण फैलिएपछि चीनले नेपाल भारत सीमावर्ती नाका अनिश्चितकालका लागि बन्द गरिदिएको थियो । तर पछिल्ला दिनहरुमा चीनमा कोरोना संक्रमण एकदमै न्यून बन्दै गएपछि दैनिक उपभोग्य तथा अन्य अत्यावश्यकीय सामानहरु ल्याउनका लागि चीनले एकतर्फी रुपमा रसुवागढी नाका सञ्चालनमा ल्याएको हो ।

यद्यपि नेपालबाट भने मालबाहक गाडीहरु तत्काल चीन प्रवेश गर्न पाउने छैनन् । नेपालमा अहिले पनि कोरोना संक्रमण दैनिक बढ्दो क्रममा रहेका कारण नेपाललाई चाहिने अत्यावश्यक सामग्री तथा अन्य औषधीजन्य सामग्री आयात गर्नका लागि चीनले रसुवागढी नाका एकतर्फीरुपमा सञ्चालनमा ल्याएको हो । यही क्रममा आज चीनबाट आएका केही कन्टेनर सामान रसुवागढी नाकाको नेपाली भूभागतर्फ आइपुगेको छ । सो सामाग्री विशेष गरी स्वास्थ्य सुरक्षासम्बन्धी तथा गार्मेन्टका सामान भएको बताइएको छ ।

यो नाका सञ्चालनमा आएसँगै अब कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री ल्याउनका निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । तत्कालका लागि चीनबाट मात्रै सामान ल्याउन बाटो खुल्ला हुने छ । तर मानिसहरु आउजाउ गर्न तथा नेपालबाट सामान पठाउनका लागि भने नेपालमा कोरोना पूर्णपमा नियन्त्रणमा आएपछि मात्रै सम्भव हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो

२०७७ भाद्र १५ गते सोमबार

३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

Top