Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०
काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गोर्खाको पालुङ्गटारका एक ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ज्यान गएको गोर्खा अस्पतालले जनाएको छ । गएराति मात्रै उनमा कोरोना भएको पुष्टि अस्पतालले गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

केही समय अघि सरकारले गरेको उद्दार उडानमार्फत् उनी कतारको राजधानी दोहा हुँदै काठमाडौं आएका थिए । काठमाडौंबाट उनलाई जिल्ला अस्पताल पु¥याएर क्वारेन्टाइनमा राखिएको थियो । तर मधुमेह र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । गएराति मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनको आज बिहान ५ बजेतिर ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । गोर्खामा कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । उनको मृत्युभएपछि शबको व्यवस्थापनको तयारी भै रहेको छ । घटनालगत्तै उनको उपचारमा संलग्न चिकित्सक तथा सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरी परीक्षण अघि बढाईने अस्पतालले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी
२०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन...
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो
२०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
Top