Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०
काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गोर्खाको पालुङ्गटारका एक ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ज्यान गएको गोर्खा अस्पतालले जनाएको छ । गएराति मात्रै उनमा कोरोना भएको पुष्टि अस्पतालले गरेको थियो । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

केही समय अघि सरकारले गरेको उद्दार उडानमार्फत् उनी कतारको राजधानी दोहा हुँदै काठमाडौं आएका थिए । काठमाडौंबाट उनलाई जिल्ला अस्पताल पु¥याएर क्वारेन्टाइनमा राखिएको थियो । तर मधुमेह र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । गएराति मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा उनको आज बिहान ५ बजेतिर ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । गोर्खामा कोरोना संक्रमणबाट मानिसको मृत्यु भएको यो पहिलो घटना हो । उनको मृत्युभएपछि शबको व्यवस्थापनको तयारी भै रहेको छ । घटनालगत्तै उनको उपचारमा संलग्न चिकित्सक तथा सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरी परीक्षण अघि बढाईने अस्पतालले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...
सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...
अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत...
आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ
२०७४ श्रावण २० गते शुक्रबार
अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...
Top