Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका कारण करिब साढे ३ महिनादेखि बन्द रहेको सार्वजनिक यायतात सेवा फेरि सञ्चालन गर्न व्यवसायीहरुले तयारी अघि बढाएका छन् । यसका लागि उनीहरुले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयातका साधनहरु सञ्चालन गर्ने तयारी गरेका छन् । लकडाउनका कारण गाडी सञ्चालन नहुँदा यातयात क्षेत्रमा कार्यरत लाखौं मजदुरको दैनिकी कष्टकर बन्दै गएको भन्दै उनीहरुले पटक–पटक सरकारसँग समस्या राखेपनि यो विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

त्यसपछि बाध्य भएर उपत्यकाबाट सार्वजनिक यातयात सञ्चालन गर्ने तयारी थालेका हुन् । तर सरकारले भने यो विषयमा सहमति दिएको छैन । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्रै कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण तत्काल सार्वजनिक यातयात सञ्चालन गरिँदा संक्रमण थप फैलनसक्ने निष्कर्षसहित सरकारले व्यवस्यायीहरुलाई यसो नगर्न आग्रह गरेको थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने मजदुरलाई भोकै मर्न दिन नसकिने भन्दै आफूहरु बाध्य भएर सार्वजनिक यातयात सञ्चालनको तयारीमा लागेको बताएका छन् ।
उनीहरुले जोर विजोर प्रणाली अनुसार भोलिदेखि उपत्यकाभित्र मिनिबसहरु सञ्चालन गर्ने तयारी गरेका छन् । यायतात व्यवसायीका साथै यातयात क्षेत्रमा कार्यरत लाखौं मजदुरहरुले वेहोर्नुपरेको आर्थिक संकटलाई कम गर्नका लागि बाध्य भएर यो निर्णय लिनुपरेको व्यवसायीको भनाई छ ।सरकारले निजी सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न दिएको भएपनि सार्वजनिक यातयातका साधनरुलाई भने सञ्चालनका लागि रोक लगाएको छ ।
व्यवसायीहरुले सरकारले आफूहरुलाई गाडी चलाउन नदिएर निजी गाडी सञ्चालकलाई भने उन्मुक्ति दिएको आरोप लगाएका छन् । लकडाउनका कारण विद्यालय, क्याम्पस तथा अन्य क्षेत्र बन्द भएपछि चैत्रको पहिलो सातादेखि उपत्यकालगायत देशका सबै जिल्लामा सार्वजनिक सवारी साधन लगभग ठप्प छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो
२०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य...
तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...
Top