Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०
सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको मेक्सिकोमा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु स्थार्नी ओक्कासा राज्यमा भएको यहाँका भूगर्भ विभागलाई उद्दृत गर्दै सिएनएनले समाचार उल्लेख गरेको छ । भूकम्पले ओक्साका शहरका आससापका दर्जनौं भवनहरु भत्काएको छ ।

सो भूकम्पमा परी हालसम्म एकजनाको मात्रै ज्यान गएको समाचार आएको छ । भूकम्प शक्तिशाली भएपनि हालसम्म भएको जनधनको क्षतिको विवरण भने पूर्णरुपमा प्राप्त हुन सकेको छैन । प्रशान्त महासागरको तट छेउमै रहेको ओक्साको शहरमा दर्जनौं भवनहरु भूकम्पका कारण भत्किएको बताइएको छ । अहिले घटनास्थल र आपसका क्षेत्रमा उद्दारकर्ताहरु खटिएका छन् । भूकम्पलगत्तै प्रशान्त महाशागरबाट ओक्साकोलगायतका शहरहरुमा सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।
भूकम्पको धक्का मेक्सिकोलगायत ग्वाटेमाला, एल साल्भाडोर र होन्डुरसलगायतका देशहरुमा समेत गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । भूकम्पको केन्द्रबिन्दुबाट ६ सय २१ माइल टाढासम्मका जनतालाई सुनामीको खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान...
फ्रान्समा कोरोना ताण्डब : एकैदिन १४ सय भन्दा बढीको मृत्यु
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल २०२० पेरिस । फ्रान्समा पछिल्लो दिनहरुमा कोरोनाका...
धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा...
दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
Top