Best Khabar Team | २०७७ असार ६ गते शनिबार
२० जुन, २०२०
काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा रहेको सदरखोर (कारागारको) पुरानो भवनको गाह्रो भत्किएको छ । प्रहरीले दिएको जानकारी अनुसार डिल्लीबजारस्थित कारागारको पुरानो भवन गएराति करिब १० बजेतिर भत्किएको हो । घटनामा सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन ।

यस्तै सो कारागारामा रहेका कैदीबन्दीहरु पनि सुरक्षित रहेका छन् । भवनको गाह्रो भत्किएर सँगै रहेको विजुलीको ट्रान्समिटर समेत पड्किएको बताइएको छ । सो भवनमा पूर्व डिआईडी रञ्जन कोइराला, रेशम चौधरीलगायत ६ सय १२ जना कैदी बन्दीहरुलाई राखिँदै आइएको छ । पुरानो भवनको गाह्रो भत्किएपनि कैदीबन्दीहरु बस्दै आएको कोठलाई भने त्यसले कुनै असर गरेको छैन । घटनालगत्तै प्रहरीले सो क्षेत्रमा भत्किएको भवनको ढुंगाहरु तहलगाउने काम अघि बढाएको छ ।
भवन भत्किएपछि त्यसका केही संरचनाहरु सडकमा समेत खसेर केही बेर सडक अवरुद्ध बनेको थियो । तर सडक विभागले भत्किएका संरचनाका ईँटा तथा माटो त्यहाँबाट हटाएपछि मध्यरातदेखि नै सडक सूचारु भएको छ । भत्किएको भवन रहेको सो क्षेत्रमा भने कैदीबन्दीहरुलाई राखिएको थिएन । उनीहरु सो स्थानबाट केही पर नै राखिँदै आइएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...
विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...
नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
Top