Best Khabar Team | २०७७ असार ६ गते शनिबार
२० जुन, २०२०
काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा रहेको सदरखोर (कारागारको) पुरानो भवनको गाह्रो भत्किएको छ । प्रहरीले दिएको जानकारी अनुसार डिल्लीबजारस्थित कारागारको पुरानो भवन गएराति करिब १० बजेतिर भत्किएको हो । घटनामा सो क्षेत्रमा कुनै मानवीय क्षति भएको छैन ।

यस्तै सो कारागारामा रहेका कैदीबन्दीहरु पनि सुरक्षित रहेका छन् । भवनको गाह्रो भत्किएर सँगै रहेको विजुलीको ट्रान्समिटर समेत पड्किएको बताइएको छ । सो भवनमा पूर्व डिआईडी रञ्जन कोइराला, रेशम चौधरीलगायत ६ सय १२ जना कैदी बन्दीहरुलाई राखिँदै आइएको छ । पुरानो भवनको गाह्रो भत्किएपनि कैदीबन्दीहरु बस्दै आएको कोठलाई भने त्यसले कुनै असर गरेको छैन । घटनालगत्तै प्रहरीले सो क्षेत्रमा भत्किएको भवनको ढुंगाहरु तहलगाउने काम अघि बढाएको छ ।
भवन भत्किएपछि त्यसका केही संरचनाहरु सडकमा समेत खसेर केही बेर सडक अवरुद्ध बनेको थियो । तर सडक विभागले भत्किएका संरचनाका ईँटा तथा माटो त्यहाँबाट हटाएपछि मध्यरातदेखि नै सडक सूचारु भएको छ । भत्किएको भवन रहेको सो क्षेत्रमा भने कैदीबन्दीहरुलाई राखिएको थिएन । उनीहरु सो स्थानबाट केही पर नै राखिँदै आइएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...
नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु
२०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...
Top