छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

Best Khabar Team | २०७६ कार्तिक ६ गते बुधबार


२३ अक्टोबर, २०१९
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छ मायाँ छपक्कै’ नामक नेपाली चलचित्रहरुले पहिलो सातामै राम्रो व्यापार गरेको छ । दशैं तिहार जस्ता ठूला चाडपर्वको बीचमा प्रदर्शनमा आएको चलचित्रले प्रदर्शको पहिलो सातामै झण्डै पाँच करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्र निर्माताले जनाएका छन् ।

अहिले अहिले अधिकांश क्याम्पस तथा स्कुल बन्द भएको तथा कतिपय कार्यालयहरुसमेत दशैं तिहारको विदामा रहेका कारण चलचित्र हलमा दर्शहरुको भीड बढेको छ । जुन चलचित्र निर्माता पक्षको लागि खुसीको कुरा हो । शनिबारसम्ममा ३ करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्रले बुधबारसम्ममा पाँच करोड रुपैयाँ संकलन गरेर रेकर्ड कायम गरेको छ । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्र देशभरका ३ सय भन्दा चलचित्र भवनहरुमा चलिरहेको छ ।

चलचित्र आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको प्रस्तुती हो । चलचित्रको निर्माणमा दीपकराज गिरी, दीपाश्री निरौलालगायतसमेत सहभागी छन् । उनीहरुको साथै चलचित्रमा कलाकारहरु केदार न्यौपाने, जितु नेपाल, केकी अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्र प्रमोशनका लागि दिपक र दिपाले नयाँ शैली अपनाएका छन् । चलचित्रको निर्माता रोहित अधिकारी र सह निर्माता सुमन गिरीलगायत छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार अबैध आप्रबासी बोकेर युरोप आउँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना, ४३ को मृत्यु, १० को जिवितै उद्दार

२०७७ माघ ८ गते बिहिबार

२१ जनवरी, २०२०लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०७७ माघ ४ गते आइतबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

Top