आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

Best Khabar Team | २०७७ असार ३ गते बुधबार


१७ जुन, २०२०
नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र लद्दाकमा सोमबार राती चिनियाँ सिमा सुरक्षाबलसँग भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएपछि भारत सरकारले आकस्मिक रुपमा सर्वदलीय बैठक आह्वान गरेको छ । जुन १९ तारिखका लागि बोलाइएको सर्वदलीय बैठकमा चीन र भारतको सीमावर्ती क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई कसरी ह्याण्डिल गर्ने भन्ने विषयमा कुराकानी गर्ने बताइएको छ ।

बैठक भर्चुअल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सबै दलहरुसँग छलफल गरेर नयाँ रणनीतिमा कसरी अघिबढ्ने भन्ने निर्णय सो बैठकले गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । अहिले सीमा क्षेत्रमा देखिएको विवाद र त्यसले लिएको हिंश्रकरुपपछि भारत र चीनबीच तनावको स्थित पैदा भएको छ । घटनालाई लिएर आजमात्रै भारतीय विदेशमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन वार्तासमेत भएको छ ।

वार्ताका क्रममा आउँदा दिनमा संयमितरुपमा वार्ता र छलफलबाटै समस्याको समाधान खोज्ने सहमति बनेको यहाँका सञ्चारमाध्यमहरुको भनाई छ । पछिल्लो केही साता यता फैलिएको कोरोनाको कहरकैबीच भारत चीनबीच सीमा सुरक्षामा खटिएका चिनियाँ सेनाको आक्रमणमा परी सोमबार राती भारतको लद्दाखमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो ।

सो घटनामा परी १५ जनाभन्दा बढी सैनिकहरु हराईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर सो घटनामा परी चिनियाँ पक्षतर्फ कतिको हताहति वा क्षति भयो भन्ने विषयमा चीनले केही बताएको छैन । विगत लामो समयदेखि चीन र भारतबीच लद्दाख क्षेत्रको सीमावर्ती नियन्त्रण रेखाको विषयलाई लिएर विवाद चर्चिएको छ । यो समस्या समाधानका लागि दुबै पक्षले वार्ता र छलफल जारी राखेको भएपनि एक्कासी सोमबार राती विसौं सैनिकको ज्यान जाने गरी सो घटना घटेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२० क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ? के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?

२०७६ चैत्र १६ गते आइतबार

– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...

Top