Best Khabar Team | २०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०
काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दा नेपालमा आउँदो केही साता कोरोना संक्रमण थप फैलने संकेत देखाएको छ । नेपालमा कोरोना संक्रमण शुरुभएयता आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लामा गरिएको पिसिआर टेस्टका क्रममा विगत २४ घण्टा यता एकैपटक ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यो तथ्यांकलाई आधार मान्ने हो भने हालसम्म नेपालमा कोरोना संक्रमण शुरुभएपछि आज पहिलोपटक एकैदिन यतिधेरै मानिसहरु संक्रमित भेटिएका हुन् । सरकारले भने आफूहरुले परीक्षणको दायरा बढाएका कारण कोरोना संक्रमितहरुको संख्यापनि बढ्न गएको बताएको छ । तर जेठको पहिलो सातादेखि भारतमा रोकिएका नेपालीहरुलाई नेपाल ल्याउन शुरु गरिएसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
विगतमा लकडाउनका बेलासमेत त्यतिधेरै कोरोना संक्रमित नभेटिने गरेकोमा आज एकैपटक यतिधेरै कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउनुपर्ने देखिएको छ । सरकारले असार १ गतेदेखि लागूहुने गरी देशभर लकडाउन खुकुलो गर्दै सरकारीलगायतका अधिकांश कार्यालयहरुको काम सञ्चालन गर्नका लागि अनुमति दिइसकेको छ । यस्तै एउटै जिल्लाभित्र निजी सवारी साधन सञ्चालनमा पनि सरकारले जोर विजोर प्रणाली अनुसार अनुमति दिइसकेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
यस्तै कोरोना संक्रमणमा परी २० जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म कोरोनालाई जितेर १ हजार १ सय ६८ जना अस्पतालबाट घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने
२०७७ माघ ३ गते शनिबार
१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...
बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...
पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...
Top