नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

Best Khabar Team | २०७७ असार ३ गते बुधबार


१७ जुन, २०२०
काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दा नेपालमा आउँदो केही साता कोरोना संक्रमण थप फैलने संकेत देखाएको छ । नेपालमा कोरोना संक्रमण शुरुभएयता आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लामा गरिएको पिसिआर टेस्टका क्रममा विगत २४ घण्टा यता एकैपटक ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यो तथ्यांकलाई आधार मान्ने हो भने हालसम्म नेपालमा कोरोना संक्रमण शुरुभएपछि आज पहिलोपटक एकैदिन यतिधेरै मानिसहरु संक्रमित भेटिएका हुन् । सरकारले भने आफूहरुले परीक्षणको दायरा बढाएका कारण कोरोना संक्रमितहरुको संख्यापनि बढ्न गएको बताएको छ । तर जेठको पहिलो सातादेखि भारतमा रोकिएका नेपालीहरुलाई नेपाल ल्याउन शुरु गरिएसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

विगतमा लकडाउनका बेलासमेत त्यतिधेरै कोरोना संक्रमित नभेटिने गरेकोमा आज एकैपटक यतिधेरै कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउनुपर्ने देखिएको छ । सरकारले असार १ गतेदेखि लागूहुने गरी देशभर लकडाउन खुकुलो गर्दै सरकारीलगायतका अधिकांश कार्यालयहरुको काम सञ्चालन गर्नका लागि अनुमति दिइसकेको छ । यस्तै एउटै जिल्लाभित्र निजी सवारी साधन सञ्चालनमा पनि सरकारले जोर विजोर प्रणाली अनुसार अनुमति दिइसकेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

यस्तै कोरोना संक्रमणमा परी २० जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म कोरोनालाई जितेर १ हजार १ सय ६८ जना अस्पतालबाट घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए २४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...

‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी ‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

२०७७ भाद्र ९ गते मंगलबार

२५ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै...

भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

२०७७ चैत्र ११ गते बुधबार

२४ मार्च, २०२१नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

Top