Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
काठमाडौं । पछिल्ला केही साता यता नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी जेठको पहिलो सातादेखि देशभर कोरोनाको संक्रमण बढ्न थालेको हो । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय २४ जनामा कोरोना संक्रमण
देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा ४ सय २५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाका कारण १९ जनाले ज्यान गुमाएका छन् । यस्तै, देशभर सय ७४ जना उपचारपछि घर फर्केका छन् । पछिल्लो केही सातायता भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या ह्वात्तै बढ्दै गएपछि कोरोना संक्रमणको दर पनि बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।
भारत अहिले दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश बन्न पुगेको छ । यस्तै विश्वको सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको चौथो नम्बरमा भारत रहेको छ । भारतसँगको खुल्ला सिमाका कारण नेपालको लागि कोरोना निक्कै जोखिमपूर्ण बन्दै गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यराति पोखरामा भूकम्पको धक्का
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...
आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । पश्चिमी वायुको प्रभावले आज...
अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर धादिङ्गका २ युवकको मृत्यु, १ गम्भीर घाइते
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नदीमा डुबेर...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...
Top