Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त सिंह राजपुत आज मृत अवस्थामा भेटिएका छन । भारतमा जारी लकडाउनका कारण विगत लामो समयदेखि मुम्बईस्थित आफ्नै घरमा बस्दै आएका सिंहको शव आज बिहान झुण्डिएको अवस्थामा उनकै घरमा भेटिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले उनले आत्महत्या गरेको बताएपनि प्रहरीले भने घटना शंकास्पद रहेकोले शवको पोष्टमार्टमपछि मात्रै कारण बताउन सकिने जनाएको छ । कतिपयले उनी लामो समयदेखि डिप्रेसनमा रहेको र औषधी सेवन गरिरहेको बताएका छन् । उनी मुम्बईको बान्द्रा शहरस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । लामो समय टेलिभिजनमा काम गरेका सिंहले पछिल्लो समयमा बलिउड क्षेत्रमा चर्चित अभिनेताको रुपमा परिचित थिए ।
उनीद्वारा अभिनित ‘छिछोरे’ ‘पिके’, ‘केदरनाथ’, ‘सोनचिडैया’ ‘एम.एस धोनी’ लगायतका दर्जनौ चलचित्रहरुले बलिउडप्रेमीहरुको मन जितेको थियो । उनको निधनले बलिउडप्रेमीहरु स्तब्ध बनेका छन् । ३४ वर्षका राजपूत पछिल्ला दिनमा बलिउड क्षेत्रमा अत्यन्तै सफल नायकको रुपमा परिचित थिए । उनकी आमाको मृत्यु भै सकेको छ भने बुबा उनीसँगै बस्दै आएका थिए । तर घटना हुँदा उनका बुबा भने पटनास्थित आफ्नै घरमा बस्दै आएको बताइएको थियो ।

स्मरणीय के छ भने जुन ८ तारिखका दिन सुसान्तकी पूर्व म्यानेजरको रुपमा कार्यरत दिशा सालियनले पनि मुम्बईमा रहेको आफ्नै अपार्टमेन्टको १४ औं तलाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् । २८ वर्षकी दिशाले किन आत्महत्या गर्न पुगिन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा...
अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...
जर्मनीमा कोरोना कहर : हेसेन राज्यका अर्थमन्त्रीको शव रेलवे स्टेनमा भेटियो, आत्महत्याको आशंका
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०बर्लिन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
पोखरामा सडक महोत्सवको रौनकता
२०७६ पुष १६ गते बुधबार
०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...
Top