Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०
काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही असार १ गतेदेखि अत्यावश्यक कामले काठमाडौं भित्रन र बाहिरन चाहने चाहनेहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रीपरिषद्ले जेठ २८ मा गरेको निर्णय र गृहमन्त्रालयको बैठकले जेठ ३० मा गरेको व्यवस्थासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नयाँ व्यवस्थासहित विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेका विज्ञप्ति अनुसार निजी र सार्वजनिक तथा संस्थागत कामले काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिनेहरुका लागि छुट्टाछुट्टै व्यवस्था लागू गरिएको हो ।

जस अनुसार निजी कामले काठमाडौ उपत्यका प्रवेश गर्न चाहनेहरुले आफूले बस्दै आएको काठमाडौं उपत्यका भित्रको नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिपत्रसहित यात्रा शुरु गर्न चाहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने व्यक्तिगत कामको प्रयोजनसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर पास लिन सक्ने बताइएको छ । सरकारी वा संस्थागत कामको लागि काठमाडौं छाड्नुपर्ने भए सम्बन्धित संस्थाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनिएको छ ।

सरकारी वा संस्थागत कामले काठमाडौं आउन चाहनेहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् सवारी पासको लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिएको निवेदन, कामको प्रकृति र आउन लागेको व्यक्तिको सुरक्षा अवस्थालगायतको विष्लेषण गरी पास उपब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...
बिवाह बन्धनमा बाँधिइन् स्वेता
२०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...
बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...
छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड
२०७६ कार्तिक ६ गते बुधबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...
Top