चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण खाडीलगायतका केही युरोपेली राष्ट्रमा रोकिएका नेपालीलाई उद्दार गर्ने नेपाल बायुसेवा निगमले हवाई भाडा घटाएको छ । रोजगारी गुमाएर तथा अन्य विभिन्न समस्या परेर नेपाल फर्कन लागेका बेला निगमले चर्को भाडाासहितको उडान तालिका सार्वजनिक गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

उद्दारको पर्खामा रहेका विभिन्न राष्ट्रमा कामगर्ने कामदारहरुमध्ये अधिकांशले आफ्नो रोजगारी गुमाएर नेपाल फर्कन लागेका हुँदा उनीहरुसँग विमान भाडाासमेत नभएको बताउँदै आएका छन् । काम गुमाएका कामदारलाई सरकारी खर्चमै ल्याउनुपर्नेमा सरकारले चर्को भाडा लिएर व्यापार गर्न खोजेको भन्दै मजदुरहरुले कडा आक्रोश पोखेका थिए । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाईन्स र पर्यटनमन्त्रालयबीचको छलफलपछि उद्दार उडानका लागि यसअघि तय भएको भाडा घटाईको निगम स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय ध्वजाबाहक निगमले भाडा घटाएपछि अन्य निजी विमान कम्पनीलाई पनि उद्दार उडानको लागि भाडा घटाउन चर्को दबाब परेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न गन्तव्यबाट नेपाल आउने नेपालीहरुको लागि तत्काल सरकारले गर्न लागेको उडानको भाडा (नेपाल बायुसेवा निगमको ) दर घटेको हो । जो निम्न अनुसार रहेको छ ।

साइप्रसबाट काठमाडौं
नयाँ भाडादर ७ सय ३० अमेरिकी डलर,
यसअघि तोकिएको ८ सय ३० अमेरिकी डलर ।

जोर्डनबाट काठमाडौं
नयाँ भाडादर ६ सय ७५ अमेरिकी डलर,
यसअघि तोकिएको ७ सय ७५ अमेरिकी डलर ।

मलेसियाबाट काठमाडौं
नयाँ ३ सय ७२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ६५ अमेरिकी डलर ।

कतारबाट काठमाडौं
नयाँ ३ सय ९२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ९० डलर ।

दुबईबाट काठमाडौं
नयाँ भाडा दर ३ सय ७२ डलर,
यसअघि तोकिएको ४ सय ५० डलर ।

ओमानको मस्कटबाट काठमाडौं
नयाँ भाडा दर भाडा ३ सय ६८ डलर,
यसअघि तोकिएको भाडाा ४ सय ६० डलर ।

बहराईनबाट काठमाडौं
नयाँ भाडादर ३ सय ९२ ,
यसअघि तोकिएको ४ सय ९० डलर ।

कुवेतबाट काठमाडौं
नयाँ भाडादर ४ सय १०,
यसअघि तोकिएको ५ सय १० डलर ।

साउदी अरबको रियादबाट काठमाडौं
नयाँ भाडा ४ सय ६५ डलर,
यसअघि तोकिएको भाडा ५ सय ६५ डलर ।

साउदीको दमामबाट काठमाडौं
नयाँ ४ सय ३० डलर,
यसअघि तोकिएको ५ सय ३०

साउदीको जेज्दाबाट काठमाडौं
नयाँ भाडादर ५ सय ९० डलर,
यसअघि यसअघि ६ सय ९० डलर ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...

उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

Top