चर्को विरोधपछि विदेशबाट उद्दार गरिने यात्रुले तिर्ने विमान भाडा घटाइयो (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जारी लकडाउनका कारण खाडीलगायतका केही युरोपेली राष्ट्रमा रोकिएका नेपालीलाई उद्दार गर्ने नेपाल बायुसेवा निगमले हवाई भाडा घटाएको छ । रोजगारी गुमाएर तथा अन्य विभिन्न समस्या परेर नेपाल फर्कन लागेका बेला निगमले चर्को भाडाासहितको उडान तालिका सार्वजनिक गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

उद्दारको पर्खामा रहेका विभिन्न राष्ट्रमा कामगर्ने कामदारहरुमध्ये अधिकांशले आफ्नो रोजगारी गुमाएर नेपाल फर्कन लागेका हुँदा उनीहरुसँग विमान भाडाासमेत नभएको बताउँदै आएका छन् । काम गुमाएका कामदारलाई सरकारी खर्चमै ल्याउनुपर्नेमा सरकारले चर्को भाडा लिएर व्यापार गर्न खोजेको भन्दै मजदुरहरुले कडा आक्रोश पोखेका थिए । राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयरलाईन्स र पर्यटनमन्त्रालयबीचको छलफलपछि उद्दार उडानका लागि यसअघि तय भएको भाडा घटाईको निगम स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय ध्वजाबाहक निगमले भाडा घटाएपछि अन्य निजी विमान कम्पनीलाई पनि उद्दार उडानको लागि भाडा घटाउन चर्को दबाब परेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न गन्तव्यबाट नेपाल आउने नेपालीहरुको लागि तत्काल सरकारले गर्न लागेको उडानको भाडा (नेपाल बायुसेवा निगमको ) दर घटेको हो । जो निम्न अनुसार रहेको छ ।

साइप्रसबाट काठमाडौं
नयाँ भाडादर ७ सय ३० अमेरिकी डलर,
यसअघि तोकिएको ८ सय ३० अमेरिकी डलर ।

जोर्डनबाट काठमाडौं
नयाँ भाडादर ६ सय ७५ अमेरिकी डलर,
यसअघि तोकिएको ७ सय ७५ अमेरिकी डलर ।

मलेसियाबाट काठमाडौं
नयाँ ३ सय ७२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ६५ अमेरिकी डलर ।

कतारबाट काठमाडौं
नयाँ ३ सय ९२ अमेरिकी डलर,
यसअघि तोकिएको ४ सय ९० डलर ।

दुबईबाट काठमाडौं
नयाँ भाडा दर ३ सय ७२ डलर,
यसअघि तोकिएको ४ सय ५० डलर ।

ओमानको मस्कटबाट काठमाडौं
नयाँ भाडा दर भाडा ३ सय ६८ डलर,
यसअघि तोकिएको भाडाा ४ सय ६० डलर ।

बहराईनबाट काठमाडौं
नयाँ भाडादर ३ सय ९२ ,
यसअघि तोकिएको ४ सय ९० डलर ।

कुवेतबाट काठमाडौं
नयाँ भाडादर ४ सय १०,
यसअघि तोकिएको ५ सय १० डलर ।

साउदी अरबको रियादबाट काठमाडौं
नयाँ भाडा ४ सय ६५ डलर,
यसअघि तोकिएको भाडा ५ सय ६५ डलर ।

साउदीको दमामबाट काठमाडौं
नयाँ ४ सय ३० डलर,
यसअघि तोकिएको ५ सय ३०

साउदीको जेज्दाबाट काठमाडौं
नयाँ भाडादर ५ सय ९० डलर,
यसअघि यसअघि ६ सय ९० डलर ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एउटा तस्वीरले जगाएको ‘मानवता’… एउटा तस्वीरले जगाएको ‘मानवता’…

२०७६ पुष १८ गते शुक्रबार

– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...

चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...

दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...

Top