१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले गरेको लकडाउनका कारण संयुक्त अरब इमिरेट्मै रोकिएका डेढसय भन्दा बढी यात्रुलाई लिएर यात्रुबाहक बिमान नेपाल प्रस्थान गरेको छ । नेपाल सरकारको पहलमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत १ सय ५७ जना यात्रुलाई लिएर विमान केहीबेरअघि काठमाडौंका लागि उडेको हो । बिहान १० बजे नै बिमान उड्ने तयारी गरेको भएपनि नेपाल पुगेपछि सरकारले तोकेको क्वारेन्टाइनमा बस्दछु भन्ने फर्ममा हस्ताक्षर गर्नका लागि भन्दै विमानका यात्रुहरुलाई फेरि ओह्रालिएको थियो ।

फाइल तस्वीर

उनीहरुले सो फर्ममा हस्ताक्षर गरेपछि उनीहरुलाई पुनः विमानै राखेर ३ घण्टा पछि उडाइएको थियो । उडान नम्बर जी नाइन १७५१ मार्फत काठमाडौंका लागि उडेका यात्रुहरु बोकेको विमान नेपालको स्थानीय समय अनुसार साँझ ६ बजेर ९ मिनेट जाँदा काठमाडौं विमानस्थलमा अवतरण गर्ने बताइएको छ । सो जहाजमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत नेपालीहरु रहेका छन् । ती मध्ये कतिपयले जागिर छाडेर फर्केका छन् ।

कोरोनाका कारण कम्पनीहरु धमाधम बन्द हुन थालेपछि उनीहरुलाई कम्पनीले निकालिदिएको थियो । जसका कारण उनीहरु नेपाल जाने खर्च समेत नभएर बेखर्ची बनेका थिए । तर कतिपयलाई कम्पनीले नै टिकटको व्यवस्था गरिदिएको बताइएको छ । सो विमानमा बैदेशिक रोजगारीका लागि यहाँ आएर ज्यान गुमाएका एक नेपालीको शव पनि रहेको बताइएको छ । तर उनको बारेमा विस्तृत विवरण खुल्न सकेको छैन ।

नेपाल पुगेलगत्तै उनीहरुलाई सरकारले व्यवस्था गरेको ‘होल्डिङ्ग सेन्टर’मा राखिने र एकरातपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाईने तयारी सेनाले गरेको छ । सरकारले प्रदेश अनुसार काठमाडौं उपत्यका विभिन्न स्थानमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । नेपाली सेनाले विदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्ने तथा उनीहरुको सबै लगत संकलन गर्ने जिम्मेवारी पाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह

२०७७ फाल्गुन १२ गते बुधबार

२४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक...

भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने  युवकबाट : प्रहरी भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...

Top