Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०
तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर भएका एक पुरुषको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौंमा स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पूर्वखोला गाँउपालिका वडा नम्बर १ सिलुवा टोल बस्ने ४० वर्षका नाम नखुलाईएका एक युवकको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

उनी कोरोनाबाट नेपालमा ज्यान गुमाउने दशौं व्यक्ति बनेका छन् । मिसन अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको मंगबार मृत्यु भएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । उनलाई गाउँपालिकाले बनाएको जल्पाको वडा नम्बर २ स्थित क्वारेन्टाइनमा राखिएको थियो । तर उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि र अवस्था विग्रँदै गएपछि सदरमुकाम तानसेन नजिकै रहेको मिसन अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो । उनको मृत्यु भएपछि उनको सम्पर्कमा रहेका क्वारेन्टाइनका अन्यको पनि स्वब परीक्षण थालिएको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का
२०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...
कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...
सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...
Top