भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ मे, २०२०
मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी नदिमा वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै नदीमा हराईरहेका सबै अर्थात् ६ जनाकै शव प्राप्त भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको संयुक्त टोलीले निरन्तर रुपमा गरेको खोजीकार्य पछि घटना घटेको १० दिनमा आज भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव फेला पारेको हो ।

घटनास्थलमा हराईरहेको खोजीमा खटिएका प्रहरी । फाइल तस्वीर : वेस्टखबर

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा एक स्थानीय युवतीलाई लिन गएकाहरुमाथि स्थानीयले आक्रमण गरेर लखेट्दा शाही सहित ६ जना वेपत्ता भएका थिए । वेपत्ता भएकामध्ये ५ जनाको शव यसअघि नै फेला परेको भएपनि गोविन्द भने वेपत्ता भएका थिए । भेनपा ११ मटेलाका १९ वर्षका शाहीको शव आज खोताखेला नजिकै भेटिएको प्रहरीले जनाएको छ । सो घटनामा परी सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव यसअघि भेरी नदीमा फेला परेको थियो ।

जाजरकोटका नवराज विकले रुकुमकी मल्ल थरकी युवतीलाई भगाउन केही साथीहरुसहित उनको घर छेउ पुग्दा युवाहरुको टोलीमाथि एक्कासी गाउँलेले आक्रमण गरेका थिए । आक्रमणपछि नवराजसहित ६ जना वेपत्ता भएका थिए । घटनाको २ दिनपछि नवराजको पनि शव भेटिएको थियो । नवराज र उनका आफन्तले केटीपक्ष र गाउँलेको कुटाईबाट आफ्नो छोरालगायत अन्य पाँच जनाको मृत्यु भएको बताउँदै प्रहरीमा उजुरी दिएका थिए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीको गाउँका करिब २ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटनाको निष्पक्ष छानबिनका लागि संसदमा समेत सांसदहरुले जोडदार माग गर्दै आइरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर) जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

२०८२ भाद्र २५ गते बुधबार

१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

Top