नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उच्च भएको छ । विशेषगरी भारतीय भूमिमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएसँसँगै देशव्यापी रुपमा कोरोनाको संक्रमण पनि तीब्र बनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो जानकारी अनुसार देशका विभिन्न प्रदेश र काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा देशका २ दर्जन बढी जिल्लाका थप २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा निम्नअनुसारका जिल्लामा विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या र जिल्ला यसप्रकार रहेको छ ।

  • मकवानपुरमा १
  • सर्लाहीकामा ३८
  • सिरहामा ५
  • उदयपुरमा १
  • अछाममा १
  • कैलालीमा १४
  • बैतडीमा १
  • डोटीमा १
  • कञ्चनपुरमा १
  • झापामा २
  • नवलपरासीमा ३,
  • दैलेखमा ४१
  • जुम्लामा १९
  • सल्यानमा १०
  • सुर्खेतमा ५
  • कपिलवस्तुमा ४०
  • रौतहटमा १८,
  • बाँकेमा ७
  • दाङमा ९
  • धनुषामा ७ र,
  • महोत्तरीमा २ जना ।

मन्त्रलयले दिएको जानकराी अनुसार नेपालमा हालसम्म संक्रमितको संख्या १ हजार ७ ९८ पुगेको छ। जसमा ८ जनाको मृत्यु भै सकेको छ भने २ सय २१ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो बेलायतमा स्वास्थ्यमन्त्रीलाई पनि कोरोना संक्रमण, घरमै क्वारेन्टाईनमा राखियो

२०७६ फाल्गुन २८ गते बुधबार

११ मार्च, २०२०लण्डन । पछिल्लो समयमा विश्वव्यापी बन्दै गएको...

प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...

फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री फिनल्याण्डमा ३४ वर्षकी महिला बनिन् प्रधानमन्त्री

२०७६ मंशिर २४ गते मंगलबार

११ डिसेम्बर, २०१९ हेलसिकी । पृथ्वीको उत्तरी गोलार्धमा रहेको...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

Top