पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार


२९ मे, २०२०
काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त प्रभावका कारण काठमाडौंलगायत आपसापसका जिल्लामा तीन दिनसम्म निरन्तररुपमा वर्षात् हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि अहिले अवस्थामा पश्चिमी बायुको भन्दा पनि स्थानीय बायुको प्रभाव बढी हुने समय भएको भन्दै महाशाखाले दुबै बायुको प्रभावको संयुक्त परिणाम ७२ घण्टासम्म निरन्तर रुपमा वर्षात्को सम्भावना रहेको जनाएको छ ।

उपत्यककाको आकाश । तस्वीर : वेस्टखबर डटकम ।

आज बिहानैदेखि उपत्यकालगायत देशका पश्चिमी र पूर्वी क्षेत्रमा हल्ला वर्षा हुनुका साथै ती क्षेत्रका आकाशमा बदली समेत भएको छ । विभागले विस्तारै वर्षायाम शुरु हुने क्रममा रहेको र नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाका कारण मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा हुने अनुमान गरेको हो ।

महाशाखाले आजदेखि आइतबारसम्म पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली हुने र केही स्थानमा भने मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको स्पष्ट पारेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...

नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित) नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...

भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी भारतमा भएको बस दुर्घटनामा ३९ जनाको शव भेटियो, मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत : प्रधानमन्त्री मोदी

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी, २०२१नयाँदिल्ली । भारतको मध्य प्रदेशमा आज बिहान...

Top