Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०
वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २ महिनादेखि जारी आपत्कालीन प्रावधानहरुलाई हटाएर बेलायतले आगामी जुन १ तारिखबाट जनजीवन सामान्य गर्ने घोषणा गरेको छ । यहाँका प्रधानमन्त्री बोरिस जोनसनले आज सार्वजनिक गरेको भनाई अनुसार आगामी सोमबार अर्थात् जुन १ तारिखबाट एक वा एकभन्दा बढी परिवारका बढीमा ६ जना एकआपसमा भेटघाट गर्न सकिने बताएका छन् ।

यसअघि बेलायतमा दुईजना भन्दा बढी व्यक्तिहरुलाई एकआपसमा भेटघाट गर्न प्रतिबन्ध लगाईको थियो । तर नयाँ जारी भएको नियम अनुसार यसरी भेट गर्ने व्यक्तिहरुले आपसी दुरी भने कायम गर्नुपर्ने भएको छ । कम्तीमा २ मिटरको फरकमा एक आपसमा भेटघाट गर्न सक्ने भन्दै सरकारले बाहिर हिँड्दा आवश्यक सुरक्षा सावधानी भने अनिवार्य रुपमा अपनाउन निर्देशन दिएको छ । सरकारको यो निर्णयसँगै अप्ठेरोमा परेको एक परिवारले अर्को परिवारको लागि सहयोग गर्न सकिने अवस्था समेत सिर्जना भएको छ ।
यस्तै सार्वजनिक रुपमा बारबीक्यू (मासु पोलेर खान) गर्नका लागिपनि सरकारले २ मिटरको समय सिमा कायम गरेर अनुमति प्रदान गरेको छ । तर खानुअघि हात धुने तथा स्यानिटाइजरको प्रयोग भने अनिवार्य गरिएको छ । यद्यपि बेलायतसँगै जोडिएको स्कटल्याण्डमा भने यो नियम भोलिदेखि नै लागू गरिने सरकारको भनाई छ ।

तर आयरल्याण्डमा भने जुन १ देखिमात्रै यो नियम लागू हुनेछ । सरकारले यहाँका स्वास्थ्यतथा अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित विशेषज्ञ तथा चिकित्सकहसँग सल्लाह गरेर कारोनालाई मध्यनजर गरी जारी आपत्कालीन अवस्थालाई विस्तारै सहज बनाउने निर्णय गरेको हो । यस्तै, नर्सरी र प्राइमरी स्कुलहरु भने आगामी सातादेखि नै सञ्चालनमा ल्याइने छ । खुद्रा पसल बजार, कारका सोरुमहरु, तथा अन्य पसलहरुलाई पनि आगामी जुन १ देखि खोल्ने अनुमति प्रदान गरिएको बिबिसीले जनाएको छ ।
यद्यपि यसका लागि पसल सञ्चालकको पछिल्लो पाँच पटकको कोरोना परीक्षण नेगेटिभ हुनुपर्ने छ । बेलायतमा हालसम्म कोरोनाका कारण ३७ हजार ८ सय ३७ जनाको ज्यान गएको छ भने २ लाख ६९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...
दुर्घटनाग्रस्त जाहाजमा थिइन चर्चित दोहोरी गायिका निरा छन्त्याल पनि
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको...
धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...
आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान
२०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...
Top