कोरोना कहरकै बीच बेलायतले ग-र्यो प्राथमिक विद्यालय खोल्ने निर्णय : जुन १ बाट विभिन्न क्षेत्रलाई सहज बनाइने प्रधानमन्त्रीको घोषणा

Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार


२८ मे, २०२०
वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २ महिनादेखि जारी आपत्कालीन प्रावधानहरुलाई हटाएर बेलायतले आगामी जुन १ तारिखबाट जनजीवन सामान्य गर्ने घोषणा गरेको छ । यहाँका प्रधानमन्त्री बोरिस जोनसनले आज सार्वजनिक गरेको भनाई अनुसार आगामी सोमबार अर्थात् जुन १ तारिखबाट एक वा एकभन्दा बढी परिवारका बढीमा ६ जना एकआपसमा भेटघाट गर्न सकिने बताएका छन् ।

प्रधानमन्त्री बोरिस जोनसन

यसअघि बेलायतमा दुईजना भन्दा बढी व्यक्तिहरुलाई एकआपसमा भेटघाट गर्न प्रतिबन्ध लगाईको थियो । तर नयाँ जारी भएको नियम अनुसार यसरी भेट गर्ने व्यक्तिहरुले आपसी दुरी भने कायम गर्नुपर्ने भएको छ । कम्तीमा २ मिटरको फरकमा एक आपसमा भेटघाट गर्न सक्ने भन्दै सरकारले बाहिर हिँड्दा आवश्यक सुरक्षा सावधानी भने अनिवार्य रुपमा अपनाउन निर्देशन दिएको छ । सरकारको यो निर्णयसँगै अप्ठेरोमा परेको एक परिवारले अर्को परिवारको लागि सहयोग गर्न सकिने अवस्था समेत सिर्जना भएको छ ।

यस्तै सार्वजनिक रुपमा बारबीक्यू (मासु पोलेर खान) गर्नका लागिपनि सरकारले २ मिटरको समय सिमा कायम गरेर अनुमति प्रदान गरेको छ । तर खानुअघि हात धुने तथा स्यानिटाइजरको प्रयोग भने अनिवार्य गरिएको छ । यद्यपि बेलायतसँगै जोडिएको स्कटल्याण्डमा भने यो नियम भोलिदेखि नै लागू गरिने सरकारको भनाई छ ।

कोरोनाका कारण बेलायतको लण्डनस्थित पर्यटकीय स्थलमा देखिएको सुनसान । तस्वीर साभार : इन्टरनेट

तर आयरल्याण्डमा भने जुन १ देखिमात्रै यो नियम लागू हुनेछ । सरकारले यहाँका स्वास्थ्यतथा अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित विशेषज्ञ तथा चिकित्सकहसँग सल्लाह गरेर कारोनालाई मध्यनजर गरी जारी आपत्कालीन अवस्थालाई विस्तारै सहज बनाउने निर्णय गरेको हो । यस्तै, नर्सरी र प्राइमरी स्कुलहरु भने आगामी सातादेखि नै सञ्चालनमा ल्याइने छ । खुद्रा पसल बजार, कारका सोरुमहरु, तथा अन्य पसलहरुलाई पनि आगामी जुन १ देखि खोल्ने अनुमति प्रदान गरिएको बिबिसीले जनाएको छ ।

यद्यपि यसका लागि पसल सञ्चालकको पछिल्लो पाँच पटकको कोरोना परीक्षण नेगेटिभ हुनुपर्ने छ । बेलायतमा हालसम्म कोरोनाका कारण ३७ हजार ८ सय ३७ जनाको ज्यान गएको छ भने २ लाख ६९ हजार १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन् यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित...

New Height of Mount Everest 8848.68 metres New Height of Mount Everest 8848.68 metres

२०७७ मंशिर २३ गते मंगलबार

08, December, 2020 THE HIGHEST POINT on Earth has a...

युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...

काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...

Top