Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०
मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब ३ महिनादेखि बन्द रहेको फिलिपिन्सका विद्यालयहरु तत्काल नखुल्ने भएको छ । आगामी अगस्टको अन्तिम सातादेखि विद्यालय सञ्चालन गर्ने तयारी भै रहेका बेला यहाँका राष्ट्रपति रोड्रिगो दुतेर्तेले महामारी जारी रहँदा तत्काल विद्यालय खोलेर थप जोखिम मोल्न नसकिने स्पष्ट पारे ।

उनले हिजो गरेको सम्बोधनका क्रममा कोरोना भाइरसको खोप उपलब्ध नहुञ्जेलसम्म विद्यालय सञ्चालन नगर्न सरकारमार्फत् विद्यालय सञ्चालकहरुलाई निर्देशन समेत दिएका छन् । आगामी अगस्टदेखि प्राथमिक कक्षा सञ्चालनको तयारी स्वरुप केही विद्यालयहरुले विद्यार्थी भर्ना शुरु गरेका थिए । तर यहीबीचमा राष्ट्रपति दुतेर्तेले भने –‘ तत्काल विद्यालय सञ्चालन गर्दा यसले कोरोनाको जोखिम उच्च हुने सम्भावना छ ।
त्यसैले विद्यालय तत्काल सञ्चालन गर्न सकिन्न । कोरोनाको भ्याक्सिन आएपछिमात्रै फेरि विद्यालय सञ्चालन हुनेछ ।’ विश्वभर कोरोना भाइरसको भ्याक्सिनको बारेमा व्यापक परीक्षण भै रहेका बेला राष्ट्रपतिको यो भनाई आएको हो । बालबालिकाको जीवन भन्दा ठूलो शिक्षा नहुने भन्दै उनले तत्काल खोप उपलब्ध हुनेमा आफू आशावादी रहेको बताएका छन् ।
फिलिपिन्समा विद्यालय बन्द हुँदा २ करोड भन्दा बढी विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ । फिलिपिन्समा हरेक वर्षको जुनदेखि अप्रिल महिनासम्म प्राथमिक तहका विद्यालयहरु सञ्चालन हुने गर्दछन् । फिलिपिन्समा अहिलेपनि गरिबीको दर उच्च रहेकोले अधिकांश मानिसहरुको घरमा कम्प्युटर तथा इन्टरनेटको पहुँच नपुगेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस अवस्थामा तत्काल अनालईन कक्षा सञ्चालन गर्न पनि सम्भव नहुने विज्ञहरुको भनाई रहेको छ । राष्ट्रपतिको यो निर्देशनसँगै फिलिपिन्समा कहिले विद्यालय सञ्चालन हुन्छ भन्ने विषयमा केही भन्न नसकिने यहाँका शिक्षा अधिकारीहरु बताउँछन् ।
यो समाचार तयार पार्दासम्म फिलिपिन्समा कोरोनाका कारण ८ सय ८६ जनाको ज्यान गएको छ भने १४ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण फैलिएको छ । यस्तै ३ हजार ४ सय १२ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...
काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...
विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……
२०८० कार्तिक ९ गते बिहिबार
भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...
Top