Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०
चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा कोराना संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४ वटा नगरपालिकाका थप २२ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकामा बस्ने उनीहरुमा कोरोना देखिएको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमामा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, राजदेवी नगरपालिकामा एक र गरुडा नगरपालिकाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता सदरमुकाम गौरमा रहेको जुद्ध माविको क्वारेन्टाइनमा रहेका ७ जनामा संक्रमण देखिएको छ ।
ती मध्ये ३ जना जना बालबालिका रहेका छन् । संक्रमित सबै चिकित्सकको सम्पर्कमा रहेपनि उनीहरुलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको बताइएको छ । रौतहटमा हालसम्म ७० जनामा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ३ जना उपचारपछि घर फर्केका छन् ।
संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्केकाहरु रहेका छन् । पछिल्लो समयमा रौतहटमा ३ हजारभन्दा बढी मजदुरहरु भारतबाट फर्केलगत्तै क्वारेन्टाइमा राखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...
देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...
Top