Best Khabar Team | २०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०
काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुटुसम्बन्धी रोगबाट पीडित भै शिक्षण अस्पताल (टिचिङ्ग हस्पिटल) अन्र्तगत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ती महिलामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित महिलाको स्थानी घर मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौर रहेको बताइएको छ । उनी एकसाता अघि मुटुसम्बन्धी समस्याको उपचारका लागि उनी सेन्टरमा भर्ना भएकी थिइन् । ५४ वर्षकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकहरुले उनको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएका थिए । प्रयोगशालाले उनीमा कोरोना भएको पुष्टि गरेको छ ।
उनको अवस्था केही जटिल रहेको अस्पतालले जनाएको छ । हाल उनलाई शिक्षण अस्पतालकै हातामा रहेको गणेशमान भवनमा रहेको आइसोलेसन सेन्टरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । केहीसमयअघि उनमा स्वाव प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । त्यसपछि हेटौंडा अस्पतालले थप उपचारका लागि भन्दै एकसाता अघि उनलाई काठमाडौं रिफर गरेको थियो । हाल उनको उपचारमा खटिएका चिकित्सकहरुको समेत स्वाब परीक्षण गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
Top