Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले आज बिहान ३० जनामा, दिउँसो २० जना र अहिले साँझ ९ जना गरी देशभर ५९ जनामा आजमात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शुक्रबार राति साढे ८ बजे जारी गरेको विज्ञप्ति अनुसार थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुरमा १, मकवानपुरका १ र धरानमा १ गरी थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाराको सिम्रौनगढका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुरमा ४२ वर्षकी महिला संक्रमणमामा परेको मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मकवानपुरमा ५४ वर्षकी एक महिला र धरानमा ३५ वर्षका पुरुषमा कोरोना देखिएको हो । बाराको सिमग्रनगढमा देखिएका सबै पुरुष रहेका छन् ।

उनीहरु २२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । सरकारले यसअघि आजै डडेलधुरा, बैतडी, बाँके, नवलपरासी, नवलपरासीपूर्व, चितवन, कपिलबस्तु र सर्लाही जिल्लामा गरी ५० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरिसकेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुलाई सम्बन्धित जिल्लास्थित आइसोलेसनमा राखेर चिकित्सकको निगरानीमा उपचार भै रहेको बताइएको छ । हालसम्म देशभरबाट ७१ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको कारोना संक्रमणमा परी ज्यान गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...
बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...
७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...
कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...
Top