भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार


१९ मे, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने भन्दै अब अतिक्रमित भूमि पनि नेपालको पक्षमा ल्याएरै छाड्ने स्पष्ट पारेका छन् ।

उनले संसदमा आज नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रिय हितका लागि आफू कसैको दबाबमा नपर्ने स्पष्ट पारेका छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको जमिनलाई समावेश गरेर छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने उनको भनाई छ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले आवश्यक ढंगले कुटनीतिक छलफल र आन्तरिक तयारी पनिसँगै अघि बढाउने उनको भनाई छ ।

सरकार विदेशीको दबाबमा परेको भन्दै सांसदहरुले आलोचना गरेपछि प्रधानमन्त्री ओलीले अरुको उक्साहटमा लागेर राष्ट्र र राष्ट्रियता विरुद्ध कहिल्यै काम नगर्ने स्पष्ट पारे । उनले कुनैपनि हालतमा भारतले हड्पेको भूभाग फिर्ता लिने बताएका छन् । यद्यपि यो कार्य कठिन हुने भएपनि चुनौतीको सामना गरेरै भएपनि भूमि फिर्ता लिइछाड्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे । भारतसँग मैत्रिपूर्णरुपमा वार्ता गरेर तथ्य प्रमाण पेश गरेर आफ्नो भूमि फिर्ता लिने उनको प्रतिबद्दता छ ।

भारतसँग तनावरहित एवं सुमधुर ढंगले वार्ता र छलफल गर्ने उनले स्पष्ट पारे । भारतसँगको सम्बन्धलाई कुनैपनि हिसावले विग्रन नदिनका लागि सरकार सचेत रहेको प्रधानमन्त्रीले बताएका छन् । उनले विगतमा लडाईँको बेला गरिएको सहमतिको आधारमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु दुर्भाग्यपूर्ण भएको बताए। यसलाई स्वीकार गर्न नसकिने बताए । वार्ताबाट समस्याको समाधान खोज्ने भन्दै भारतसँग मित्रवत् व्यवहार गर्ने उनले स्पष्ट पारे ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण...

विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन विमानस्थलमा सुन तस्करीको नयाँ शैली, पेटदेखि मलद्वारसम्म सुनैसुन

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२० काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र...

गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको...

पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...

Top