कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा र सुविधाको हिसावले ‘पाँचतारे उपाधी’ पाएको विमान उडान कम्पनी कतार एयरले विश्वभर कोरोनाका विरुद्ध अग्रमोर्चामा रहेर विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क रुपमा हवाई उडान गराउने भएको छ । विश्वका स्वास्थ्यकर्मीलाई एयरलाईन्सले १ लाख टिकट निःशुल्करुपमा उपलब्ध गराउने अभियान थालेको हो । गत मे १२ तारिखका दिन अन्र्तराष्ट्रिय नर्स दिवसको अवसर पारेर शुरु गरेको नाम दर्ताको समय आज राती कतारी समय अनुसार रातको ११ बजेर ५९ मिनेटसम्म मान्य रहने एयरलाईन्सले जनाएको छ ।

विश्वभर कोरोना भाइरसका विरुद्ध अग्रमोर्चामा लड्ने स्वास्थ्यकर्मीहरुको कामको उच्च सम्मान गर्दै उनीहरुलाई निःशुल्क रुपमा हवाई उडानको टिकट उपलब्ध गराउन लागिएको कम्पनीको भनाई छ । कुनै एउटा निश्चित गन्तव्यमा जानको लागि एकपटक मात्रै यो सेवा उपलब्ध हुने कम्पनीको भनाई छ ।

आजराती (मे १८ तारिख) कतारको स्थानीय समय अनुसार रातको १२ बज्न १ सेकेन्ड बाँकी हुँदासम्म नाम दर्ता जारी रहने कम्पनीको भनाई छ । कोरोनाको संक्रमण फैलिएको देश र ती देशमा बसेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई यो अभियानमा विशेष प्राथमिकता दिइने कम्पनीको भनाई छ ।

विशेषगरी विरामीको उपचारमा खटिएका नर्स, डाक्टर, प्यारामेडिक्स, ल्याब टेक्निसियन, क्लिनिकल अनुसन्धानकर्ताहरु तथा फर्मासिस्टहरुलगायतले आफूले चाहेको एउटा गन्तव्यमा निःशुल्क रुपमा एकपटकको यात्रा गर्न पाउनेछन् । यसरी प्रदान गरिने टिकट यात्रा गर्ने स्वास्थ्यकर्मीको गन्तव्य र त्यसमा हुने ट्रान्जिट हेरेर बढीमा २ वटासम्म हुनेछ । साथै यो ‘इकोनोमी क्लास’को हुने कम्पनीले आफ्नो वेबसाईटमा उल्लेख गरेको छ ।

एयरलाईन्सले तोकेको मापदण्ड तथा दर्तालगायतको प्रक्रियामा सहभागीता जनाउन यो लिंकमा क्लिक गरेर आफ्नो विवरण अद्यावधिक गराउन सकिने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...

कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

Top