फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


फाइल तस्वीर : नेपालको नक्सा ।

१८ मे, २०२०
काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले भारतले विगतमा अतिक्रमण गरेको भूमिलाई समेत नेपाली भूभागमै समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले भारतले विगतमा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरासहितको भूभागलाई समावेश गरेर नयाँ नक्सा निर्माण गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अब नेपालको हालसम्म प्रचलनमा रहेको पछिल्लो राजनीतिक तथा प्रशासननिक नक्सा बदलिने छ ।

अब विगतमा भएको सुगौली सन्धीमा उल्लेख भए अनुसारको भूमि समावेश गरेर नेपालको नयाँ नक्सा सार्वजनिक हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको नयाँ नक्सा जारी गर्ने प्रस्तावलाई मन्त्रीपरिषद्ले सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् । सन् १८१६ को सुगौली सन्धिमा लिम्पियाधुरा नदी काली नदीलाई भारतीय सिमा मान्दै नयाँ नक्सा तयार गरिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले केहीदिन अघि संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरासहितलाई समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेकी थिइन् । यसअघि गएको कात्तिक महिनामा भारतले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्दै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानीलगायतका भूभागलाई भारतमा राखेको थियो । पछिल्लो समयमा सोही भूभाग हुँदै भारतले कैलाल मानसरोबर जाने सडक निर्माण गरेको थियो ।

जुन सडक नेपाली भूमिहुँदै निर्माण भएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको थियो । सत्तारुढ दलका सांसदहरुले नै तत्काल भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी त्यसलाई नेपाली भूभागमा पर्नेगरी नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका थिए । यस्तै अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनले राजधानीलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै तत्काल सो भूमि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’ न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

Top