Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०
काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत गरी देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै धादिङ्, धनुषा, दाङ्ग र रौतहटका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब काभ्रेको धुलिखेल अस्पतालमा परीक्षणमा गरिएको थियो । यसैगरी मोरङ्गको विराटनगरमा गरिएको परीक्षणमा मोरङ्गका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले यसअघि जारी गरेको बुलेटिनमा रौतहट र बारामा गरी थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यी नौ जनासहित आज एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जनाको ज्यान गै सकेको छ भने ३६ जना उपचारपछि घर फर्केका छन् । यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बिवाह बन्धनमा बाँधिइन् स्वेता
२०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...
नेपालमा कोरोना : ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२...
पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’
२०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...
अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल
२०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...
Top