धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत गरी देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै धादिङ्, धनुषा, दाङ्ग र रौतहटका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब काभ्रेको धुलिखेल अस्पतालमा परीक्षणमा गरिएको थियो । यसैगरी मोरङ्गको विराटनगरमा गरिएको परीक्षणमा मोरङ्गका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले यसअघि जारी गरेको बुलेटिनमा रौतहट र बारामा गरी थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यी नौ जनासहित आज एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जनाको ज्यान गै सकेको छ भने ३६ जना उपचारपछि घर फर्केका छन् । यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५...

५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक ५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक

२०७६ माघ २८ गते मंगलबार

१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि...

Top