३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना रोगको संक्रमण फैलन नदिन जिल्लाभर ६ दिन लामो कर्फ्यु (निषेधाज्ञा) को घोषणा गरेको छ । स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि लागू भएको कर्फ्यु आगामी जेठ ५ गते राति १२ बजेसम्म जारी रहने जनाएको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि कर्फ्यु आदेश जारी गरिएको भन्दै यसलाई अक्षरशः पालना गर्न सबैमा अपिल गरेको छ ।

कर्फ्युको समयमा विरामी परेर अस्पताल जाने वा अति नै आवश्यकीय काममा नजिकको प्रहरी कार्यालय वा प्रशासनको अनुमति बाहेक अन्यलाई घरभित्रै बस्न भनिएको छ । अन्यथा कडा कारबाही गरिने बताएको छ ।कर्फ्युको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा जुटेका सवारी साधन सञ्चालनमा रोक लगाईने छैन । जसमा एम्बुलेन्स, बारुणयन्त्र, सञ्चारकर्मीको गाडी, शव बहानलगायत रहेका छन् ।

पर्सामा हालसम्म ३९ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले सिँगो जिल्लालाई सिल गरी कर्फ्युको घोषणा गरेको हो । ३९ जना संक्रमितमध्ये २ जना सञ्चारकर्मी र एकजना नर्स समेत रहेको बताइएको छ । कर्फ्युको समयमा जिल्लाभर सेना परिचालन गरिने स्थानीय प्रशासनको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...

काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल  महोत्सव आयोजना हुँदै काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...

काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत  महिलामा कोरोना संक्रमण काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...

Top