Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना रोगको संक्रमण फैलन नदिन जिल्लाभर ६ दिन लामो कर्फ्यु (निषेधाज्ञा) को घोषणा गरेको छ । स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि लागू भएको कर्फ्यु आगामी जेठ ५ गते राति १२ बजेसम्म जारी रहने जनाएको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि कर्फ्यु आदेश जारी गरिएको भन्दै यसलाई अक्षरशः पालना गर्न सबैमा अपिल गरेको छ ।

कर्फ्युको समयमा विरामी परेर अस्पताल जाने वा अति नै आवश्यकीय काममा नजिकको प्रहरी कार्यालय वा प्रशासनको अनुमति बाहेक अन्यलाई घरभित्रै बस्न भनिएको छ । अन्यथा कडा कारबाही गरिने बताएको छ ।कर्फ्युको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा जुटेका सवारी साधन सञ्चालनमा रोक लगाईने छैन । जसमा एम्बुलेन्स, बारुणयन्त्र, सञ्चारकर्मीको गाडी, शव बहानलगायत रहेका छन् ।

पर्सामा हालसम्म ३९ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले सिँगो जिल्लालाई सिल गरी कर्फ्युको घोषणा गरेको हो । ३९ जना संक्रमितमध्ये २ जना सञ्चारकर्मी र एकजना नर्स समेत रहेको बताइएको छ । कर्फ्युको समयमा जिल्लाभर सेना परिचालन गरिने स्थानीय प्रशासनको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान
२०७७ असार २४ गते बुधबार
०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न...
माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
एकै टोलका १५ जनामा कोरोना संक्रमण
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...
Top