कोरोना सन्त्रास : उपत्यका बाहेक दोश्रो जिल्लामा जाने सबै सवारी पास रद्द (गृहमन्त्रालयकाे परिपत्र सहित)

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन एउटा जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्नका लागि वितरण गरेको सबै सवारी पास रद्द भएको घोषणा गरेको छ । गृहमन्त्रालयले आज साँझ एक सूचना जारी गरी कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि सरकारले यसअघि वितरण गरेका सबै सवारी पासहरु रद्द भएको घोषणा गरेको हो ।

गृहमन्त्रालयले यो निर्णय कार्यान्वयनका लागि देशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् गाउँ तहसम्म निर्देशन दिइएको बताइएको छ । सरकारको यो निर्णयसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी पास लिएर यात्रा गर्न नपाइने भएको हो ।

तर काठमाडौं उपत्यका भित्र पर्ने ३ वटा जिल्लाको हकमा भने तत्कालका लागि यो नियम लागू नहुने भएको छ । यसको अर्थ काठमाडौं उपत्यका भित्र पास लिएर सञ्चालन भएका सवारी साधनले आवश्यक सुरक्षा जाँचपछि एक जिल्लाबाट अर्को जिल्लामा (काठमाडौं, ललितपुर र भक्तपुरभित्र) आउजाउ गर्न पाउने छन् ।

आजमात्रै तराईका जिल्लामा ७४ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले सवारी पासको दुरुपयोग गर्दै ती जिल्लाका मानिसहरु अर्को जिल्लामा जानसक्ने अनुमानसहित यो निर्णय गरेको हो । यसअघि सरकारले मानिसहरुलाई एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायसम्म र एउटा जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न रोक लगाएको थियो ।

गृहमन्त्रालयकाे परिपत्र

१) एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध

२)अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्कोजिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाकाे प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने ।

३)अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयकाे स्वीकृति लिनुपर्ने

४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयकाे स्विकृति नम्बर समेत समावेश गर्नुपर्ने ५)पास स्विकृतिका लागि अनुराेध गर्दा पास जारी गर्नुपर्ने प्रयाेजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने ।

६) पासबिना एक जिल्लाबाट अर्काे जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लाले नै अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने

*जेठ १ गतेदेखि लागू हुनेगरी गृहमन्त्रालयले जारी गरेकाे परिपत्र



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बंगलादेशबाट २५९ जना नेपालीको उद्दार बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...

डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’ डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०७७ माघ ४ गते आइतबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...

Top