चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

Best Khabar Team | २०७६ असार ८ गते आइतबार


२३ जुन, २०१९
न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच देखिएको व्यापार टकरावको असर कुटनीतिक रुपमा समेत देखिन थालेको छ । विश्वको सर्वशक्तिमान सम्पन्न भएपनि उत्तर कोरियाको सैन्य गतिविधिदेखि त्रसित अमेरिकाले चीनयाँ उत्पादन हुवाये कम्पनीबाट उत्पादित सामान प्रयोगमा रोग लगाउने निर्णय गरेसँगै यसको असर कुटनीतिक तबरमा समेत हुन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ हुवावे कम्पनीको सामान प्रयोगमा रोग लगाउने निर्णय गरेसँगै चीन अमेरिकाबीच समन्ध चिसिन थालेको हो । यही क्रममा हालैमात्र चिनियाँ राष्ट्रपति सि जिङ्पिङले पछिल्लो घटनाक्रमका विषयमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ्सँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाली समकक्षीलाई भेटेसँगै अमेरिकी राष्ट्रपतिले कुटनीतिक गतिविधिलाई तीब्र बनाउनुभएको छ । हालै उहाँले उत्तर कोरियाका राष्ट्रपति जोङ उनलाई पत्र पठाएको विषयलाई अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले निक्कै महत्वको साथ समाचार संप्रेषण गरेका छन् ।

विशेषतः चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेसँगै अमेरिका सशंकित देखिएको छ । यद्यपि अमेरिकी राष्ट्रपतिले पनि निकट भविष्यमै दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गर्नुभएको छ । यद्यपि विश्लेषकहरुले यसलाई अन्यथा लिन नहुने बताएका छन् । दक्षिण कोरिया भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपतिले आफ्ना उत्तरकोरियाली समकक्षीलाई पत्र पठाउनु निक्कै सकारात्मक भएको उहाँको प्रतिक्रिया छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित...

४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१ ४ जिल्लामा थपिए ५७ संक्रमित, कोरोना संक्रमितको संख्या १९१

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना...

Top