Best Khabar Team | २०७६ असार ८ गते आइतबार
२३ जुन, २०१९
न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच देखिएको व्यापार टकरावको असर कुटनीतिक रुपमा समेत देखिन थालेको छ । विश्वको सर्वशक्तिमान सम्पन्न भएपनि उत्तर कोरियाको सैन्य गतिविधिदेखि त्रसित अमेरिकाले चीनयाँ उत्पादन हुवाये कम्पनीबाट उत्पादित सामान प्रयोगमा रोग लगाउने निर्णय गरेसँगै यसको असर कुटनीतिक तबरमा समेत हुन थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चिनियाँ हुवावे कम्पनीको सामान प्रयोगमा रोग लगाउने निर्णय गरेसँगै चीन अमेरिकाबीच समन्ध चिसिन थालेको हो । यही क्रममा हालैमात्र चिनियाँ राष्ट्रपति सि जिङ्पिङले पछिल्लो घटनाक्रमका विषयमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ्सँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाली समकक्षीलाई भेटेसँगै अमेरिकी राष्ट्रपतिले कुटनीतिक गतिविधिलाई तीब्र बनाउनुभएको छ । हालै उहाँले उत्तर कोरियाका राष्ट्रपति जोङ उनलाई पत्र पठाएको विषयलाई अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले निक्कै महत्वको साथ समाचार संप्रेषण गरेका छन् ।
विशेषतः चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेसँगै अमेरिका सशंकित देखिएको छ । यद्यपि अमेरिकी राष्ट्रपतिले पनि निकट भविष्यमै दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गर्नुभएको छ । यद्यपि विश्लेषकहरुले यसलाई अन्यथा लिन नहुने बताएका छन् । दक्षिण कोरिया भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपतिले आफ्ना उत्तरकोरियाली समकक्षीलाई पत्र पठाउनु निक्कै सकारात्मक भएको उहाँको प्रतिक्रिया छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास...
चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा
२०७७ जेठ २९ गते बिहिबार
प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते ।...
Top