Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज साँझ थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । साँझ थप भएकाहरुको जिल्ला र उमेर लिंग खुल्न सकेको छैन । यसअघि आजै ५७ जनामा कोराना संक्रमण देखिएको छ । अब देशभर कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमा २ जना पत्रकार र एकजना स्वास्थकर्मी समेत रहेका छन् ।
आजै कपिलबस्तुको तौलिहवामा रहेको तौलिहवा अस्पतालमा कार्यरत २५ बर्र्षकी एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी नेपालमा कोरोना लाग्ने पहिलो स्वास्थ्यकर्मी समेत हुन् । यस्तै आजै पर्सामा दुईजना पत्रकारमा समेत कोरोना संक्रमण भएको पुष्टि भै सकेको छ ।
पछिल्लो समयमा लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आउनेहरुका कारण नेपालको तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण तीव्र बन्दै गएको छ । हालसम्म ३३ जना उपचारपछि घर फर्केका छन् । तर ती मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल फिर्ता बोलाएर उपचार थालिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...
कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’
२०७७ जेठ १ गते बिहिबार
१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...
कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...
Top