Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा आज साँझ थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । साँझ थप भएकाहरुको जिल्ला र उमेर लिंग खुल्न सकेको छैन । यसअघि आजै ५७ जनामा कोराना संक्रमण देखिएको छ । अब देशभर कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमा २ जना पत्रकार र एकजना स्वास्थकर्मी समेत रहेका छन् ।
आजै कपिलबस्तुको तौलिहवामा रहेको तौलिहवा अस्पतालमा कार्यरत २५ बर्र्षकी एक स्वस्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी नेपालमा कोरोना लाग्ने पहिलो स्वास्थ्यकर्मी समेत हुन् । यस्तै आजै पर्सामा दुईजना पत्रकारमा समेत कोरोना संक्रमण भएको पुष्टि भै सकेको छ ।
पछिल्लो समयमा लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल आउनेहरुका कारण नेपालको तराईका जिल्लाहरुमा कोरोनाको संक्रमण तीव्र बन्दै गएको छ । हालसम्म ३३ जना उपचारपछि घर फर्केका छन् । तर ती मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरुलाई अस्पताल फिर्ता बोलाएर उपचार थालिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...
नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...
उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...
साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...
Top