नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी अर्थात् पत्रकारमा कोरोना (कोभिड १० ) को संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २ जना पुरुष सञ्चारकर्मी (पत्रकार)मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको नाम सार्वजनिक गरिएको छैन । समाचार संकलनका क्रममा जिल्लाका विभिन्न ठाउँमा पुगेका उनीहरुमा संक्रमण भेटिएको हो ।

ती सञ्चारकमीहरुले समाचार संकलनका क्रममा जिल्ला र आपसासका विभिन्न ठाउँमा पुग्ने क्रममा आशंका लागेपछि अस्पतालका चिकित्सकलाई स्वाब संकलनका लागि अनुरोध गरेका थिए । सञ्चारकर्मीलाई संक्रमण देखिएपछि उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । पर्सामा आजमात्रै ३९ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुमध्ये २ जना सञ्चारकर्मी रहेको बताइएको छ ।

जिल्लाबाट गरिएको स्वाब संकलनको परीक्षणका क्रममा आज पहिलो चरणमा आएको रिपोर्टमा ४ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । अन्य सञ्चारकर्मीहरुको पनि स्वाब संकलन गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

देशभर आजमात्रै ५७ जनामा कोरोना संक्रमण देखिइसकेको छ ती मध्ये ४ जना सञ्चारकर्मीहरु रहेका छन् । नेपालमा सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

२०७६ माघ ६ गते सोमबार

२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

असारे झरीले भत्कियो काठमाडौंको सदरखोर असारे झरीले भत्कियो काठमाडौंको सदरखोर

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...

Top