Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०
वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली मुलुक बेलायतको एउटा पार्कमा दिउँसो घुम्न निस्केकी एक बृद्द नेपाली महिला वेपत्ता भएकी छन् । बेलायतको राजधानी लण्डनको दक्षिण पूर्वमा रहेको प्लमस्टिडमा बस्ने ६६ वर्षकी धनमाया थापा स्थानीय समय अनुसार हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएकी हुन् ।
उनी घर नजिकै रहेको एउटा प्लमस्टिड पार्कमा घुम्नका लागि निस्केको र त्यसपछि सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । घर नजिकै रहेको प्लमस्टिड कमन पार्कमा डुलेर आउँछु भनेर निस्ककी थापा आज आज अपरान्ह यो समाचार तयार पार्दासम्म सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यले जानकारी दिएका छन् ।

श्रीमान् रेवतबहादुर थापाका अनुसार धनमाया घुमेर फर्कन्छु भन्दै दिउँसो २ बजेतिर घरबाट निस्केकी थिइन् । उनले बोकेको मोवाइलमा उनका परिवारका सदस्यले बारम्बार फोन गर्दा फोन उठेको छैन । उनी गएको क्षेत्रमा परिवारका सदस्य तथा स्थानीय प्रहरीले हिजो राति अबेरसम्म उनको खोजी गरेको भएपनि बिहानसम्म उनको केही पत्तो लाग्न सकेको छैन । उनी हराएको बारेमा स्थानीय प्रहरीलाई समेत जानकारी गराईसकिएको छ ।

श्रीमान् रेवतबहादुरका अनुसार धनमायाले रातो रंगको स्वेटर, पहेलो लुंगी र चप्पल लगाएकी छन् । गोरो वर्ण रहेकी धनमाया ५ फिट अग्ली रहेकी छन् । उनी श्रीमान् र छोरालगायत परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् । वेपत्ता हुनुअघिसम्म पनि उनको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको परिवारले जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...
भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित सूचीको सातौ नम्बरमा
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका...
नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...
Top