Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०
दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना संक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । दुबईस्थित गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार पुर्खौली घर नेपालको गुल्मी जिल्ला घर भएका ३९ वर्षका चुडामणि ढकालको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाको संक्रमणमा परेका ढकाल विगत २ सातादेखि अबुधावीको एक स्थानीय अस्पतालमा उपचाररत थिए ।
तर उनको उपचारकै क्रममा शनिबार ज्यान गएको हो । सामान्य अवस्थाका ढकाल विगत १५ वर्षदेखि दुबईमा बस्दै आएका थिए । तर उनमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा उपचारत थिए । ढकालको परिवारकामा अपांगता भएका छोरा, एक छोरी र श्रीमती रहेका छन् ।
उनीहरुको पारिवारिक अवस्था पनि दयनीय रहेको भन्दै उनको परिवारको सहयोगका लागि एनआरएन दुबईले सबैमा अनुरोध समेत गरेको छ । हाल उनको परिवारका सदस्यहरु कपिलबस्तुको बाँडगंगामा बस्दै आएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !
२०८२ बैशाख २७ गते शनिबार
१० मे, २०२५नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र...
म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै
२०७७ जेठ २३ गते शुक्रबार
०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...
मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको...
युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...
Top