Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै देशभर गरेको लकडाउनको समयावधि फेरि थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । यसअघि सरकारले पाँचौ पटक थप गरेको लकडाउनको समय सीमाभोलि राति सकिँदै थियो ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमित बढ्दै गएको र नेपालमा पनि संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउनको विकल्प नभएको सरकारको निष्कर्ष रहेको छ । लकडाउनको समयावधि भर निजी तथा सार्वजनिक गाडीहरु सञ्चालन, विद्यालय, कलकारखनालगायत मानिसहरुको सहभागिता रहने क्षेत्रहरु पूर्णरुपमा बन्द रहनेछन् भने अत्यावश्यक बाहेक अन्य कामले घरबाहिर निस्कन पाइने छैन ।

यसैबीच सरकारले यो पटक थप गरेको लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । त्यसका लागि सवारी पास लिएकाहरुलाई पनि अत्यावश्यक बाहेक अन्य कामका लागि सडकमा आउन नदिने निर्णय गरेको छ । लकडाउन उल्लंघन गर्ने क्रम तीव्र बनेपछि सरकारले देशभर लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो ।

यस्तै काठमाडौं उपत्यका भित्रने सबै नाकाहरुलाई पनि थप कडा गरिने सरकारको निर्णय छ । यसका लागि विरामी तथा अति नै आवश्यक कामका लागि काठमाडौं आउने र बाहिरिने बाहेक अन्यलाई आउजाउ गर्न नाकाबाटै निधेष गरिने भएको छ । नेपालमा हालसम्म कोरोना संक्रममितको संख्या ८२ पुगेको छ । यी मध्ये १६ जना यसअघि नै उपचारपछि घर फर्केको भएपनि ती मध्ये ३ जनामा पुनः कोरोना देखिएपछि अस्पतालमै उपचाररत छन् । आजमात्रै पर्साको वीरगञ्जबाट ४ जना भारतीय नागरिक कोरोना संक्रमण निको भएर घर फर्केका छन् । लकडाउन उल्लंघन गर्नेलाई सरकारले कडा कारबाही गर्ने भन्दै महामारी नियन्त्रणको यो अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...
पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
Top